Comments Add Comment

विभिन्न अभियोगका ४ जना पक्राउ

१७ साउन, वीरगञ्ज । पर्साबाट प्रहरीले विभिन्न अभियोगमा ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना फरार अभियुक्त र अन्य लागू औषध ओसार प्रसारमा संलग्न व्यक्ति रहेका छन् ।

प्रहरीले पर्साको जिराभवानी गाउँपालिका ३ बस्ने ६५ बर्षकी बालकृष्ण चौधरी, चितवन राप्ती नगरपालिका वडा नं. ७ बस्ने १८ बषिर्य सुदीप परियार र सोही गाउँपालिका वडा नम्बर २ बस्ने २० बर्षका अजित श्रेष्ठ, वीरगञ्ज महानगरपालिका १३ मुर्ली बस्ने २२ बर्षका अरमान अलि अन्सारीलाई पक्राउ गरेको हो

पर्सा जिल्ला अदालतको आदेशले सरकारी छाप दस्तखत किर्ते मुद्धामा फरार रहेका बालकृष्ण चौधरीलाई प्रहरीले साउन १६ गते गाउँबाटै पक्राउ गरेको थियो । गाउँमा लुकीछिपी बसिरहेको अवस्थामा चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

त्यसैगरी प्रहरीले परियार र श्रेष्ठलाई वीरगञ्ज १६ रजतजयन्ती चोकबाट लागु औषध नाइट्रोभेट ट्याब्लेटसहित पक्राउ गरेको हो । उनीहरुको साथबाट १५०/१५० गरी जम्मा ३०० पिस लागूऔषध नाईट्रोभेट ट्याबलेट बरामद गरेको थियो ।

भारतबाट नेपाल तर्फ पैदल आउँदै वीरगञ्ज महानगरपालिका १६ बसपार्कबाट अरमान लागू औषधसहित पक्राउ परेका हुन् । उनको साथबाट नाईट्रोभेट ट्याब्लेट १ पत्तामा १५ वटाको दरले २० पत्तामा जम्मा ६०० वटा फेला पारेको प्रहरीले जनाएको छ ।

उनीहरुविरुद्ध लागू औषध शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भई रहेको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए ।

त्यसैगरी भन्सार छली गैरकानुनी तवरले भारतबाट नेपाल ल्याउँदै गरेको लसुन र चामल बरामद गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नं ८ बाट ४ बोरा लसुन र १५ बोरा चामल बरामद गरिएको हो । बरामद गरिएको चामल र लसुन थप अनुसन्धान र आवश्यक कारबाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment