+
+
Shares

विवेकशील साझाको कार्यक्रममा भाँडभैलो

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन १९ गते १९:३१

१९ साउन, काठमाडौं । विवेकशील साझा पार्टीको कार्यक्रममा भाँडभैलो मच्चिएको छ ।

विवेकशील साझाले शनिबार प्रदेश ३ का जिल्ला संयोजकहरु घोषणा कार्यक्रम राखेको थियो । पार्टी नेतृत्वले जिल्ला संयोजकहरुको घोषणा गरे लगतै युवाहरुको एउटा समूहले असन्तुष्टि जनायो ।

पार्टी नेतृत्वले असन्तुष्ट समूहका एक जनालाई बोल्न मञ्च दिए । पार्टी नेतृत्वले रातारात जिल्ला संयोजक तोकेको, गलत प्रवृत्तिका मानिसहरुलाई पार्टीमा प्रवेश गराएको आरोप लगाए ।

टीका लगाएर नभई लोकतान्त्रिक प्रकृयाबाट नेतृत्व छान्न पाउनु पर्ने उनीहरुको माग थियो ।

लगतै प्रवक्ता सूर्यराज आचार्यले बोले । त्यसक्रममा उनले आफूहरु पदका लागि राजनीतिमा नआएको बताएपछि असन्तुष्टि समूहले होहाल्ला गर्दै विरोध जनाए ।

स्थिति तनावग्रस्त भएपछि संयोजक रविन्द्र मिश्रले कार्यक्रम स्थगित भएको घोषणा गरे । शुक्रबार मात्र असन्तुष्टि नेता कार्यकर्ताको कुरा चार घन्टा सुनेको र सम्बोधन गर्ने बताएको स्मरण गर्दै उनले भने, ‘यहाँ जे भएको छ, एकदमै दुःख लागेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?