+
+
WC Series
लुम्बिनी लायन्स 2025
0/0
VS
जनकपुर बोल्ट्स 2025
0/0
Shares

इन्डोनेसियामा शक्तिशाली भूकम्प, ८२ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन २१ गते ६:५७

२१ साउन, काठमाडौं । इन्डोनेसियामा शक्तिशाली भूकम्प गएको छ । इन्डोनेसियाको लम्बक टापु केन्द्रविन्दु भएर आइतबार ७ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पमा परी अहिलेसम्म ८२ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । सयौं घाइते भएका छन् ।

इन्डोनेसियाको प्रकोप व्यवस्थापन अधिकारीहरुले हजारौं घरहरु भत्किएको जनाएका छन् । भूकम्पपिछ अस्पतालहरूले सडकबाटै सेवा दिइरहेका छन् । विद्युत आपूर्ति बन्द भएको छ ।

इन्डोनेसियाको प्रकोप व्यवस्थापनका प्रवक्ताले लम्बकको मुख्य सहर मतारामका कमजोर संरचनाहरु भत्किएको बताएका छन् ।

छिमेकी बाली टापुका मानिसहरू चिच्याउँदै घरबाट भागिरहेको दृश्य भिडिओ फूटेजमा देखिन्छ ।

भूकम्पलगत्तै सुनामीको चेतावनी दिइएकाे थियाे । तर अहिले त्यस्ताे खतरा नरहेकाे भन्दै फिर्ता लिइएकाे छ ।

प्रसिद्ध पर्यटकीय क्षेत्र लम्बकमा गत हप्ता पनि भूकम्प गएको थियो । ६.४ रेक्टर स्केलको भूकम्पमा १६ जनाको ज्यान गएको थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?