Comments Add Comment

मोरङका नेपाल-भारत सीमास्तम्भ मर्मत सुरु

फाइल तस्वीर

२१ साउन, विराटनगर । मोरङ जिल्ला अन्तर्गतका नेपाल-भारत सीमास्तम्भ मर्मतसम्भार तथा पुनर्निर्माण गर्न सुरु गरिएको छ ।

नेपाल भारत सीमा सर्भे टिमले दशगजा क्षेत्रमा हराएका ३० वटा नयाँ सीमास्तम्भ पुनर्निर्माणको काम सुरु गरेको हो ।

अहिलेसम्म १८ वटा सीमास्तम्भ निर्माण गरिसकेको सशस्त्र प्रहरीबल नेपाल गण मोरङका प्रहरी उपरीक्षक मनिष थापाले जानकारी दिए ।

उनले रतुुवामाइ नगरपालिका-२ मा १६ वटा तथा विराटनगर-१६ स्थित दरैयारमा दुुईवटा नयाँ सीमास्तम्भ निर्माण गरिएको बताए । अन्य बाँकी सीमा स्तम्भ पनि पुनर्निर्माण गर्नेे काम भइरहेको छ ।

मोरङ जिल्लामा ३० वटा सीमास्तम्भ हराएको र दुुईवटा खोलाले बगाएको थियो । गत मंसिर महिनादेखि सीमा सर्बेटोलीले जिल्लामा काम सुुरु गरेको थियो ।

६३ किलोमिटर लामो सिमानाका रहेको मोरङ जिल्लामा साना, ठूला र सहायकगरी १२४ वटा सीमास्तम्भ रहेका छन् । गतवर्ष बक्राहा खोलामा आएको बाढीले दुुईवटा सीमास्तम्भ बगाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment