Comments Add Comment

रत्न रहस्यः के यसले ग्रह-दोष निवारण गर्छ ?

के हो रत्न ?

अहिले रत्न धारण गर्ने ट्रेन्ड मौलाएको छ । औंठीमा, लकेटमा रत्न लगाउने गरिएको छ । कतिले आफ्नो शान-सौकतका लागि रत्न जडित औंठी लगाउने गरेका छन् भने, कतिले ग्रहदशाको अशुभ प्रभाव टार्नका लागि ।

तर, के रत्न फेसन मात्र हो ? स्टाइल मात्र हो ?

यदि होइन भने यसले कसरी काम गर्छ ? रत्न धारण गर्नुको खास अर्थ के हो ? यसलाई धारण गर्दा ग्रह-दशा टर्छ त ? त्यसका ज्योतिषिय मान्यता के छ ? वैज्ञानिक कारण के छ ?

यी प्रश्नको जवाफ खोज्नुअघि रत्न खासमा के हो ? कसरी बन्छ भन्ने कुरा जान्नु आवश्यक छ । कतिले यसलाई लहडको रुपमा लिएका छन्, कतिले आडम्बरको रुपमा, कतिले फगत शृंगारको रुपमा । वास्तवमा के हो रत्न ?

के हो रत्न ?

रत्न प्रकृति प्रदत्त एक अनमोल वस्तु हो । यो दुर्लभहुन्छ । यो दुई किसिमको वानस्पतिक र खनिज ।

वनस्पतिबाट विशेष किसिमले निस्कने रत्न, जसलाई वंशलोचन, तृणमणि, जेट आदि भनिन्छ । अर्कोचाहिम चटान, भूगर्भ, समुन्द्र आदिमा प्राप्त हुन्छ ।

प्राचिन ग्रन्थ ऋग्वेदमा पनि रत्नको उल्लेख भएको छ, जसले यो निकै प्राचिन कालदेखि नै प्रयोगमा थियो भन्ने बुझ्न सकिन्छ ।

रत्न कसरी बन्छ भन्ने कुरामा धार्मिक कथन छ । भनिन्छ, रत्नको उत्पतिमा अग्नी सहायक हुन्छ । अधिकांश रत्न कुनै न कुनै रुपमा ताप पक्रिया अर्थात अग्निको प्रभावबाट बनेको छ । विभिन्न रासायनिक प्रक्रियाबाट रत्न बन्छ । जस्तो स्फटिक, मणिभ, क्रिस्टल आदि । यसरी रासायनिक प्रक्रियापछि तत्व आपसमा एकजुट भएर विशिष्ट प्रकारका चमकदार, आभायुक्त बन्छ । त्यसमा केही अद्भूत गुणको प्रभावकारी समायोजन हुन्छ । रासायनिक यौगिक मेलबाट रत्न बनेको हो । त्यही तत्वको संयोगको कारण रत्नमा रंग, रुप, कठोरता, आभाको अन्तर हुन्छ । खनिज रत्नमा मूख्यत निम्त तत्व हुन्छ, कार्बन, अल्मुनियम, बेरियम, बेरिलियम, क्याल्सियम, तामा, हाइड्रोजन, फलाम, फस्फोरस, म्यागजिन, पोटेशियम, गन्धक, टिन, जस्ता, जिर्केनियम आदि । भनिन्छ, रत्न ८४ प्रकारका हुन्छन् ।

किन यो अनमोल ?

रत्न किन अनमोल हुन्छ होला ? किनभने यो सजिलै पाइने बस्तु होइन । तर, दुर्लभ भएकै कारणले मात्र रत्न अनमोल भएको होइन । खासमा यसको अद्भूत सौन्दर्य र स्थायित्वले पनि अमूल्य भएको हो । रत्न पारदर्शक, अपारदर्शक र अल्प पारदर्शक हुन्छ ।

रत्न धारण गर्दा के हुन्छ ?

रत्न एक उच्च कोटीको प्राकृतिक पदार्थ हो । साथसाथै यसमा त्यस्ता केही गुण हुन्छन्, जो मानविय जीवनसँग जोडिन्छ । ज्योतिषिय मान्यता अनुसार यी रत्न नौ ग्रहको किरणको संवाहक हुन्छ । यसले खास एक ग्रहको किरण अवशोषित गर्छ । त्यसैले ग्रह-दोषबाट मुक्त हुनका लागि आफ्नो राशी अनुरुप रत्न धारण गरिएको हो ।

नौ ग्रह रत्न

माणिक्य (रुबी)

माणिक्य सूर्यको रत्न हो । यो एक खनिज हो । यसलाई औंठी वा लकेटमा प्रयोग गर्न सकिन्छ । यसको रंग गुलाबी हुन्छ । यसको रासायनिक रचना, एल्मुनियम अक्साइड हो ।

मोती (पर्ल)

मोती चन्द्रको रत्न हो । जलमा रहने सीपभित्र यसको निर्माण हुन्छ । यो पत्थर वा खनिज होइन । यसको रासायनिक गुण, क्याल्सियम कार्बोनेट हो ।

मूंगा (कोरल)

मूंगा मंगल ग्रहको रत्न हो । यो पत्थर होइन । समुन्द्रभित्र खास जन्तुबाट यसको निर्माण हुन्छ । यो पनि मोती जस्तै क्याल्सियम कार्बोनेट हो ।

पन्ना (एमराल्ड)

पन्ना बुध ग्रहको रत्न हो । यो एक खनिज हो । यो हरियो रंगको हुन्छ ।

पुखराज (टोपाज)

यो बुध ग्रहको रत्न हो । पुखराज पहेंलो रंगको हुन्छ । यो एक खनिज हो ।

हीरा (डायमन्ड)

हीरा सुक्र ग्रहको रत्न हो । यो पारदर्शी हुन्छ । यो खनिज रत्न हो ।

नीलम (सेफायर)

नीलम शनि ग्रहको रत्न हो । यो खनिज रत्न हो । यो एकदमै असरदार हुन्छ ।

गोमेद (जिर्कोनी)

गोमेद राहुको रत्न हो । यो एक खनिज रत्न हो । यो गोमूत्रको रंगको हुन्छ ।

लहसुनिया (केट्स आई)

लहसुनिया वा वैदूर्य केतुको रत्न हो । यो खनिज रत्न हो । यो विरालोको आँखा जस्तै चम्कन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment