Comments Add Comment

अब नेपाली भाषामै इन्टरनेट डोमेन !


२७ साउन, काठमाडौं । इन्टरनेटमा कुनै सामग्री हेर्नुपर्दा वा कुनै वेवसाइटमा जान पर्दा अंग्रेजी भाषामा डोमेन नेम हान्नुपर्छ । तर, चाँडै नै नेपाली भाषामा पनि इन्टरनेटको डोमेन नेम उपलब्ध हुने भएको छ ।

विश्वभर इन्टरनेटको डोमेन नेम सिस्टम (डीएनएस) व्यवस्थापन गर्ने जिम्मेवारी पाएको संस्था ‘इन्टरनेट कर्पोरेशन फर एसाइन्ड नेम्स एण्ड नम्बर्स’ (आईसीएएनएन) दक्षिण एसियामा धेरै बोलिने ९ भाषाका विभिन्न लिपीमा इन्टरनेट डोमेन नेम उपलब्ध गराउने तयारीमा जुटेको छ ।

देवनागरी, बंगाली, गुजराती, गुरमुखी, कन्नडा, मलायालम, उडिया, तामिल र तेलगु गरी नौ लिपीमा डोमेन नेम उपलब्ध गराउने तयारी गरिरहेको आइसीएएनएन इन्डियाका प्रमुख समिरन गुप्ताले बताए । नौ लिपीहरु अन्तर्गत दक्षिण एसियामा बोलिने दर्जनौं भाषाहरु पर्छन् ।

नेपाली भाषा देवनागरी लिपीअन्तर्गत पर्ने भाषा हो । देवनागरी लिपीमा नेपाली, संस्कृत, हिन्दी, भोजपुरी, मैथिली, मराठी, अवधी, पालीलगायतका भाषा पर्छन् ।

आईसीएएनएनले विश्वभर प्रचलित लिपीहरुमा सुरक्षित र स्थिर रुपले उच्चस्तरीय डोमेन नेम उपलब्ध गराउनको लागि नियमहरु बनाउने काम गरिरहेको छ ।

यसपछि अंग्रेजी भाषाको ज्ञान नभएका मानिसहरुले पनि अनलाइनमा आफ्नो भाषाको डोमेन नेमबाट इन्टनेटको प्रयोग गर्न सक्नेछन् ।
उदाहरणको लागि तपाईले कुनै वेबसाइटमा नेपाली सामग्रीहरु हेर्नको अंग्रेजी डोमेन नेम टाइप गर्नुपर्दैन । तपाई सिधै नेपालीमा डोमेन नेम टाइप गरेर वेवसाइटमा प्रवेश गर्न सक्नुहुनेछ ।

अहिलेसम्म विश्वभरका ५२ प्रतिशत जनसंख्या इन्टरनेटको पहुँचमा छन् र बाँकी ४८ प्रतिशतमध्ये धेरैजसो अंग्रेजी नबोल्ने मानिसहरु छन् ।
‘अंग्रेजीमा टाइप गर्न नसक्ने मानिसहरुलाई उनीहरुको आफ्नै भाषामा डोमेन नेम उपलब्ध गराएमा उनीहरुलाई पनि इन्टरनेटको पहुँचमा पुर्‍याउन सकिन्छ’ गुप्ताले भने ।

दक्षिण एसियामा बोलीने भाषाहरुमा डोमेन नेम उपलब्ध गराउनको लागि समुदायमा आधारित समर्पित प्यानलबाट नियमहरु बनाउने काम भइरहेको उनले बताए ।

नियो ब्राहृमी जेनेरेसन प्यानल नामको उक्त प्यानलमा यी भाषा बोलिने भारत, नेपाल, बंगलादेश, श्रीलंका र सिंगापुरका ६० भन्दा धेरै प्राविधिक विज्ञ र भाषाशास्त्रीहरु सम्मिलित छन् ।

देवनागरी, गुजराती, गुरमुखी, कन्नडा, उडिया र तेलगु गरी ६ लिपीहरुको लागि तयार प्रस्तावहरु सार्वजनिक प्रतिक्रियाको लागि तयार भइसकेको जनाइएको छ ।

यसको लागि आईसीएएनएनको वेवसाइटमा गएर कसैले पनि प्रस्तावहरुको समीक्षा गर्न र प्रतिक्रियाहरु दिन सक्ने जनाइएको छ ।

-टाइम्स नाउ इन्डियाबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment