+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

भारती बस्यालको पहिलो तीज गीत सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन २७ गते २०:००

काठमाडौं । गायिका तथा सञ्चारकर्मी भारती बस्यालको पहिलो तीज गीत सार्वजनिक भएको छ ।  ‘यसपालिको तिजैमा दिदि बहिनी मिलेर एकैदिन गरि दर खाने म त’ बोलको गीत बुढा सुब्बा म्युजिकमार्फत सार्वजनिक भएको छ ।

गीतको शब्द संगित तथा स्वर भारती बस्यालकै छ । भारतीले सन्देशमुलक गीतलाई बढी प्राथमिकतामा राखेको बताएकी छिन् ।

तिजमा हुने गरेको विकृतिले समाजमा नकारात्मक असर पर्ने भएको देखेर भारती आफैंले शब्द कोरेकी हुन् । गीतको अरेन्ज कुसल सिंहको छ भने रेकर्डिङ अकस्टिक नेपालमा रेकडिस्ट बाबु राजाले गरिएका हुन् ।

छायांकन जनक राज पराजुली, नित्य निर्देशन अमन राना र निर्देशन भारती बस्यालले गरेकी छिन् । भिडियो सम्पादन गोविन्द स्मितले गरेका छन् ।

आशा ठकुरी, जस्मिन फुयाल, ज्योति ठकुरी दिपा पाठक, बोना कोईरालासँगै भारतीको पनि अभिनय पनि गीतमा देख्न पाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?