+

नाकको हड्डी बाङ्गो भएमा के हुन्छ ? यस्तो छ समाधान

२०७५ साउन  २८ गते १४:३० २०७५ साउन २८ गते १४:३०
नाकको हड्डी बाङ्गो भएमा के हुन्छ ? यस्तो छ समाधान

मानव शरीरको महत्वपूर्ण अंगहरुमध्यको ‘नाक’ पनि एक हो । नाकको बनोट सही नभएमा यसले अनुहारलाई मात्र नभएर सम्पूर्ण शरीरलाई नै प्रभावित पार्ने गर्दछ । कतिसम्म भने नाककै बनोटका कारण निरन्तर सिगान बग्ने देखि सास लिनमा समस्या समेत हुने गर्दछ । त्यतिमात्र हैन, टेढो वा बाङ्गो नाककै कारण मानिसको आत्मविश्वासमा समेत कमी आउने गर्छ ।

यस्तो समस्या शल्यक्रियाद्धारा सजिलै हटाउन त सकिन्छ नै, मानिसको गुमेको आत्मविश्वासलाई सजिलै फर्काउन सकिन्छ ।

नाक किन बाङ्गो हुन्छ ? किनभने यसभित्रको हड्डी बाङ्गिएमा स्वत नाक बाङ्गो हुन्छ । बाङ्गो नाकको प्रकार अनेक छन् ।

बाङ्गो नाकका प्रकारः

बाङ्गो नाक दुई प्रकारको हुन्छ ।

सेप्टम

एउटा नाकको सेप्टम अर्थात दुई प्वालहरु बिचको पर्खाल । त्यो बांगिएर, थेप्चिएर वा एकातिर सरेर सुरुमा एकापट्टकिो अनि पछि दुबै तिरको प्वाल साँघुरो भइ दुबै नाक बन्द हुन्छ । यसले गर्दा सास फेर्न गार्हो हुने ,घुर्ने, टाउको दुख्ने, रुघा लागिरहने पिनास पर्ने हुन्छ । यसको धेरै आवश्यक परे सात नत्र १७ बर्ष पछि शल्यक्रिया गर्न सकिन्छ ।

क्रुक्ड

अर्को चाहिँ बाहिरबाट देखिने गरी नाकको हड्डी बांगो हुने ,उठेको वा थेप्चिएको हुन्छ । धेरै बाङ्गोलाई क्रुक्ड नोज भनिन्छ । यो अवस्थामा भित्रको पर्खाल पनि बाङ्गो भएर नाक बन्द हुन सक्छ ।

पहिलो प्रकारलाई  डेभिएटेडनोज र दोश्रोलाई डिर्फमड, क्रुक्ड, वा स्याडल नोज इत्यादी  भनिन्छ । पहिलोको स्पेक्टोप्लाष्टी अपरेसन गरिन्छ भने दोश्रोको लागि विभिन्न प्रकारका राइनोप्लाष्टी अपरेसन गरिन्छ ।

किन हुन्छ नाक बाङ्गो ?

नाक विभिन्न कारणले बाङ्गोे हुने गर्दछ ।

-जन्मजात

-लामो प्रसुती व्यथा

-चोटपटक

कतिपय मानिसहरुको जन्मजात नाकको हड्डी बाङ्गो हुने गर्दछ । जबकी कतिपयको फुडबल, बास्केट बल लगायतका खेलकुदका कारण नाकमा चोटपटक लागेर पनि नाक बाङ्गो हुने गर्दछ ।

त्यस्तै,  लामो प्रसुती व्यथाका क्रममा  पेल्भिस बोन नाम हड्डीमा ठोक्किएर पनि नाकको हड्डी बाङ्गो हुने गर्दछ ।

सामान्यतया कुनै पनि बच्चा जन्मदा उसको हड्डी कमलो हुन्छ । कमलो हड्डी भएकै कारण उनीहरुलाई ससाना चोट पटकले पनि गम्भीर समस्या पुर्‍याउँदछ ।

उदाहरणका लागि सामान्य प्रसुतीका क्रममा जब गर्भवती महिलालाई प्रसव वेदन सुरु हुन्छ, तब प्रसव वेदनका कारण उक्त महिलाको पेटमा दवाव पैदा भई गर्भमा रहेको शिशुको अनुहार पेल्भिस बोन अर्थात गर्भासय मुनी रहेको हड्डीमा बारम्बार ठोक्किने गर्दछ । त्यसक्रममा बच्चाको नाक समेत उक्त हड्डीमा ठोकिने गर्दछ । जसका कारण सामान्य प्रसुतीद्धारा जन्मने शिशुहरुमध्य करिब ४० प्रतिशत शिशुको नाक बाङ्गो वा टेढो हुने गरेको विभिन्न तथ्यांकहरुले देखाएको छ ।

त्य नाकको बाङ्गो भएमा शल्यक्रियाद्धारा पनि यसलाई सिधा बनाउन सकिन्छ । त्यस्तै, प्लाष्टिक सर्जरीद्धारा पनि यसलाई सिधा बनाउन सकिन्छ । तर नाक बाङ्गो हुँदैमा शल्यक्रिया गर्नैपर्ने पर्छ भन्ने कुनै जरुरी हुँदैन । यदी नाकको हड्डी बाङ्गो भएका कारण सास फेर्नमा समस्या भएमा चिकित्सकहरुले शल्यक्रिया गर्न सुझाव दिने गर्दछन् । त्यस्तै, बाङ्गो नाकका कारण अनुहार भद्दा देखिएमा पनि प्लाष्टिक सर्जरीद्धारा शल्यक्रिया गर्न सकिन्छ । नाक बाङ्गो भएमा यी लक्षणहरु देखा पर्ने गर्दछ ।

लक्षण ?

-नाक बन्द हुने

-नाकको प्वाल बन्द हुने

-लामो समयसम्म रुघा लाग्ने

-हप्तौ सम्म सिगान बग्ने

-टाउको दुख्ने

-फेसियल पेन हुने

नाकको हड्डी बाङ्गो भएमा देखिने समस्या ?

नाकको हड्डी बाङ्गो भएमा विभिन्न समस्या उत्पन्न हुने गर्दछ । जुन यस प्रकार छ ः

– नाकको हड्डी बाङ्गो भएमा नाकको प्वाल सानो भएर सास फेर्नमा कठिनाई हुने

-हेर्दा नराम्रो देखिने

-नाक उठ्ने , दविने तथा थेप्चो हुने

कुन अवस्थामा शल्यक्रिया गर्ने ?

सामान्य भाषामा भन्नु पर्दा नाकमा दुईवटा प्वाल हुने गर्छ । उक्त प्वाललाई स्पेक्टम (कुरकुरे हड्डी) नामक हड्डी विभाजित गरेको हुन्छ । जब विभिन्न कारणले उक्त हड्डी टेढो हुने वा बाङ्गिने वा टेढो हुने गर्छ, तब मानिसलाई नाकको एउटा वा दुवै प्वाल बन्द भई सास फेर्नमा कठिनाई हुने गर्दछ ।

तब तत्काल शल्यक्रिया गरेर पनि नाकको हड्डीलाई सोझो बनाउन सकिन्छ । यसको लागि उमेर बाधक हुँदैन । तर यदी नाकको माथिल्लो भाग क्रुकको हड्डी बाङ्गो भएमा उक्त हड्डीलाई सोझो बनाउन चिकित्सकहरु १८ वर्षको उमेर पछि मात्र शल्यक्रिया गर्न सुझाव दिने गर्दछन् ।

लेखक वीर अस्पतालका वरिष्ठ नाक, कान, घाँटी रोग विशेषज्ञ हुन् ।

लेखक
डा. ढुण्डीराज पौडेल 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

मौसम बदलिँदा हुने एलर्जीबाट बच्ने ९ उपाय

मौसम बदलिँदा हुने एलर्जीबाट बच्ने ९ उपाय

के मोटोपनाले सम्बन्धमा दूरी ल्याउन सक्छ ?

के मोटोपनाले सम्बन्धमा दूरी ल्याउन सक्छ ?

थालेसिमिया : नेपालमा एक वंशानुगत रक्त विकारको चुनौती

थालेसिमिया : नेपालमा एक वंशानुगत रक्त विकारको चुनौती

बिहेपछि महिलाहरूको महिनावारीमा किन हुन्छ परिवर्तन ?

बिहेपछि महिलाहरूको महिनावारीमा किन हुन्छ परिवर्तन ?

नेपालमा पाइने विषालु सर्प कुन-कुन हुन् ?

नेपालमा पाइने विषालु सर्प कुन-कुन हुन् ?

फोलिक एसिड : के गर्भयोजना बनाइरहेका दम्पती दुवैले खानुपर्छ ?

फोलिक एसिड : के गर्भयोजना बनाइरहेका दम्पती दुवैले खानुपर्छ ?