+
+
Shares

विप्लवका प्रवक्तालाई ४८ घन्टाभित्र सर्वोच्चमा उपस्थित गराउन आदेश

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन २८ गते १७:१३

फाइल तस्वीर

२८ साउन, काठमाडौं । सर्वोच्च अदालतले नेकपा विप्लव समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) लाई ४८ घन्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको छ ।

आइतबार दायर भएको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाई गर्दै कामु प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको एकल इजलासले सरकारसँग लिखित जवाफ मागेको हो । सर्वोच्चले बाटोको म्यादबाहेक ४८ घन्टाभित्र बन्दीसहित लिखित जवाफ दिन भनेको छ ।

चन्दा उठाएको आरोपमा पक्राउ परेका उनलाई गैरकानुनी रुपमा थुनामा राखेको भन्दै छोरा नरेन्द्रहादुर सिंह विकले बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका थिए ।

प्रकाण्ड हाल प्रहरी हिरासतमा छन् । चन्दा एेन २०३० अनुसार अनुसन्धान गर्न आइतबार मात्र उनलाई जिल्ला अदालत, काठमाडौंले थप ३ दिन थुनामा राख्न आदेश दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?