Comments Add Comment

प्रदेश ७ मा पाँच वर्षमा २१ सय ७२ जनाले गरे आत्महत्या

२९ साउन, डोटी । बिगत पाँच वर्षयता प्रदेश ७ मा दुई हजार १७२ जनाले आत्महत्या गरेका छन् ।

प्रहरी प्रधान कार्यालयको तथ्याङ्क अनुसार यस अवधिमा देशभरीमा २३ हजार ९५७ जनाले बिभिन्न प्रकारले आफ्नो ज्यान लिएका छन् ।

प्रदेश ७ मा सबैभन्दा बढी आर्थिक वर्ष ०७४/७५ मा आत्महत्याका घटना भएका छन् । ०७४/७५ मा चार सय ७० जनाले आत्महत्या गरेको प्रहरीको तथ्याङ्क छ ।

आत्महत्याका घटनाहरुको अवस्था हेर्दा प्रत्येक वर्ष बृद्धि भइरहेको देखिन्छ । ०७०/७१ मा यस प्रदेशमा चार सय ३१ जनाले आत्महत्या गरेका थिए ।

०७१/७२ मा उक्त संख्या केही कमी आइ तीन सय ७९ पुगेको थियो । यस्तै ०७२/७३ मा फेरि चार सय ५६ जनाले आत्महत्या गरे । ०७३/७४ मा चार सय ३६ ले आत्महत्या गरेको देखिन्छ ।

सबैभन्दा बढी झुण्डिएर आत्महत्या गर्नेहरु रहेका छन् । यस प्रदेशमा एक हजार चार सय ५९ ले झुण्डिएर आत्महत्या गरेका छन् ।

गत आबमा मात्रै दुई सय ९३ जनाले आत्महत्या गरेका छन् । झुण्डिएर आत्महत्या गर्नेको संख्या आब ०७२/७३ मा बढी देखिन्छ । यस आबमा तीन सय ६ जनाले आत्महत्या गरेका छन् ।

यस्तै, ०७०/७१ मा दुई सय ९०, ०७१/७२ मा दुई सय ६६ र ०७३/७४ मा तीन सय ६ जनाले आत्महत्या गरेका छन् ।

आत्महत्या गर्नेहरुले प्रयोग गर्ने दोश्रो बाटोको रुपमा बिष सेवन रहेको तथ्याङ्कले देखाएको छ । बिष सेवन गरेर पाँच वर्षको अवधिमा ६ सय ८१ को ज्यानको गएको छ ।

बिष सेवनबाट गत आर्थिक वर्षमा सवैभन्दा बढी एक सय ७३ जनाले आफ्नो ज्यान आफै समाप्त गरेका छन् ।

यस्तै आव ०७०/७१ मा एक सय ३७, ०७१/७२ मा एक सय सात, ०७२/७३ मा एक सय ४३ र ०७३/०७४ मा एक सय २१ जनाले बिष सेवन गरेर आफ्नो प्राण लिए ।

यो पाँच बर्षे अवधिमा ११ जनाले नदी नाला पोखरीलगायत पानीमा हाम फालेर आफ्नो ज्यान गुमाएका छन् ।

गत आर्थिक वर्षमा दुई, ०७३/०७४ मा सात र ०७२/०७३ मा दुईले पानीमा हाम फालेर ज्यान दिए ।

यस्तै भिरबाट, रुखबाट, घरको छतबाट हाम फालेर आत्महत्या गर्नेको संख्या पनि ११ रहेको छ । आव ०७१/७२ मा पाँच जनाले हाम फालेर ज्यान दिए ।
यस्तै ०७२/७३ मा चार जना र ०७०/७१ मा दुई जनाले हाम फालेर ज्यान गुमाएका छन् ।

यस प्रदेशमा पाँच बर्षको अवधिमा आफ्नै शरीरमा आगो लगाएर पाँच जना र हात हतियार औजार प्रयोग गरेर पाँच जनाले आफ्नो जीवन समाप्त गरेका छन् ।

प्रहरी प्रधान कार्यालयको तथ्याङ्क अनुसार पाँच वर्षको अवधीमा देशभरमा १७ हजार एक सय ९० जनाले झुण्डिएर आत्महत्या गरेका छन् ।

यस्तै बिष सेवन गरेर ६ हजार एक सय ६१ जनाले आफ्नो ज्यान आफै समाप्त पारेका छन् । हाम फालेर तीन सय १८, आफ्नै शरीरमा आगो लगाएर एक सय ३४, हातहतियार औजारको प्रयोग गरेर ७५ जनाले ज्यान गुमाएका छन् ।

यसैगरी पानीमा डुवेर ५९ र आफुले आफैलाई करेण्ट लगाएर ११ जनाले ज्यान लिएका छन् ।

डीप्रेसन,मानसिक रोगी, प्रेम विछोड, परीक्षाको नतिजा, आत्मबलको कमजोर, दाइजो प्रथा, अचानक कुनै वेज्जत, यौन दुव्र्यवहार जस्ता कारणले आत्महत्या गर्ने गरेको देखिएको छ ।

आत्महत्या गर्नेहरू गरिवी, पारिवारिक कलह, अधुरो प्रेम, आर्थिक असफलताजस्ता कारणबाट मानिस आत्महत्या गरेको देखिन्छ ।

यस्तै प्रतिष्ठा कायम राख्न नसक्दा, व्यापार व्यवसायमा घाटा, आर्थिक भार, आफन्तको शोक, परिवारको मृत्यु, दैवीप्रकोप आत्मसम्मान घट्दै गएमा पनि आत्महत्या गरेको पाइन्छ ।

युवाअवस्थाको लापरवाही, शिक्षाको ढिलाई, असफलता र बेरोजगारी, अन्धविश्वास, जातीयता, चेतनाको कमी, एक्लोपन, गल्ति वा अपराधको वोध, ज्यादा महत्वाकांक्षा, प्रेममा धोका, दिर्घरोगी, नकारात्मक तनाव, महिला अस्मितामा पर्ने चोटका कारण पनि आत्महत्या भएको देखिन्छ ।

यसरी देखिने अस्थायी समस्यालाई समाधान गर्न नसक्नु नै आत्महत्याका विविध कारण बन्ने गरेको पाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment