+
+
Shares

लोकसेवाको विज्ञापन बन्द गर्न लागेको भन्दै मन्त्रीको ध्यानाकर्षण

सचिव भन्छन् - कर्मचारी नमाग्ने गरी निर्णय हुनसक्छ

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन २९ गते १८:३५

२९ साउन, काठमाडौं । लोकसेवा आयोगबाट कर्मचारी पदपूर्ति बन्द गर्ने गरी मन्त्रिपरिषदमा प्रस्ताव लैजान लागिएको भन्दै कर्मचारीहरुले विरोध जनाएका छन् ।

खुला, बढुवा र आन्तरिक सबै किसिमका पदपूर्ति बन्द गर्ने गरी मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने तयारी गरिएको भन्दै यसलाई रोक्न कर्मचारीहरुले मंगलबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबावु पण्डित र सचिव दिनेश थपलियाको ध्यानाकर्षण गराएका हुन् ।

विभिन्न कार्यालयमा कार्यरत करिब १५ जना कर्मचारीको टोलीले मंगलबार मन्त्री पण्डित र सचिव थपलियालाई भेटी पदपूर्ति रोक्ने प्रस्ताव मन्त्रिपरिषद्मा नलैजान आग्रह गरेको हो ।

लोकसेवा आयोगबाट हुने विज्ञापन नरोक्न आग्रह गर्दै मंगलबार कर्मचारीको टोली आफूलाई भेट्न आएको सचिव थपलियाले बताए । कर्मचारीहरुले पदपूर्ति रोकिन लागेको भन्दै आफूलाई भेट्न आएको तर त्यो हल्ला सहि नभएको थपलियाले अनलाइनखबरलाई जानकारी दिए ।

लोकसेवा आयोगबाट हुने पदपूर्ति रोक्ने विषयमा हालसम्म टिप्पणी नै नउठेको उनले बताए । विज्ञापन निकाल्ने समय हुन लागेको र कुन-कुन पद रिक्त छ भनेर बुझ्न समायोजन महाशाखालाई निर्देशन दिदा कर्मचारीहरुले त्यसलाई गलत बुझेको सचिव थपलियाले बताए ।

‘अहिले १८/२० हजार कर्मचारी रिक्त छ भनिएको छ, ती रिक्त पदमा नियुक्ति गर्ने र नियुक्त गरेका मान्छेहरु कहाँ राख्ने निधो हुनु पर्‍यो नि’ उनले भने, ‘गाउँपालिकाको खरदार पनि रिक्त छ, गाउँपालिकाको खरदार भनेर अहिले लिन पाउने कि नपाउने भनेर यकीन गर्नलाई मलाई डकुमेन्ट्स बनाइदिनु भनेर मैले भनेको हुँ ।’

केन्द्रमा कति, प्रदेशमा कति रिक्त छन् भने बुझ्न मात्रै खोजिएको भन्दै सचिव थपलियाले प्रस्ताव जाने भयो भने बाजा बजाएर हल्ला गरेर लगिने बताए ।

यद्यपि, कर्मचारी नमाग्ने गरी निर्णय हुनसक्ने पनि सचिव थपलियाले बताए । उनले भने, ‘नमाग्ने गरी निर्णय पनि हुनसक्छ, माग्न सक्ने कानूनी आधार भेटिएन भने त माग्ने कुरा भएन नि ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?