Comments Add Comment

‘लुका मोडरिक इन्टर मिलान जान चाहन्छन्’

२९ साउन, काठमाडौं । स्पेनिस क्लब रियल मड्रिडका मिडफिल्डर लुका मोडरिक इटालियन क्लब इन्टर मिलान जान चाहेको उनका एजेन्ट मार्को नालेटिलिकले बताएका छन् ।

‘उनको उमेरका हरेक क्रोएसियन खेलाडीले सिरी ए हेर्दै हुर्किएका हुन् । मोडरिकमा पनि त्यसको प्रभाव छ । उनी इन्टर मिलान गएर त्यहाँ उत्कृष्ट खेल देखाउन चाहन्छन् एजेन्ट मार्कोले इटालियन खेलकुद पत्रिका टुटोस्पोर्टससँग भनेका छन्, केही समय ढिला होला तर, उनी इन्टर मिलान जान्छन् ।’

‘सिरी ए’ मा अहिलेका लागि खेलाडी किनबेचको समय शनिबार बेलुका सकिँदैछ । यसैले यसैपटक मोडरिकले स्पेन छाड्ने सम्भावना निकै कम छ । मोडरिकको रियल मडि्रडमा जुन २०२० सम्मको सम्झौता रहेको छ ।

उनी बिहीबार राति पौने १ बजे एथ्लेटिको मडि्रडसँग हुने युईएफए सुपर कपको फाइनलका लागि अहिले तयारी गरिरहेका छन् ।

सन् २०१२ मा इंग्लिस क्लब टोटनहृयामबाट रियल मडि्रड आएपछि मोडरिकले एक ला लिगासँगै चार च्याम्पियन्स लिग उपाधि जितिसकेका छन् । ट्रान्सफर सुरु भएदेखि नै मोडरिकलाई विभिन्न क्बलले लैजाने खबर बाहिरिएपछि रियल मडि्रडका अध्यक्ष ˆलोरेन्टिनो पेरेजले भने उनलाई लान ७ सय ५० मिलियन युरो तिर्नुपर्ने भन्दै कतै पठाउन नचाहेको बताएका थिए ।

इटालियन क्लब इन्टर मिलानले मोडरिकलाई लैजाने प्रयास गरिरहेका बेला पेरेजले रिलिज क्लज बढाउँदै उनी बाहिरिने असम्भव जस्तो बनाएका हुन् ।

रसिया विश्वकपमा क्रोएसियन टिमलाई फाइनलसम्म पुर्‍याउन महत्वपूर्ण भूमिका खेलेका मोडरिक विश्वकपकै उत्कृष्ट खेलाडी पनि चयन भएका थिए ।

विश्वकप फाइनलमा क्रोएसिया फ्रान्ससँग ४-२ ले पराजित भए पनि सबैले मोडरिकको खेलको प्रशंसा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment