Comments Add Comment

गाउँपालिका अध्यक्षले महिला उपाध्यक्षमाथि विभेद गरेको अारोप

पुरुष वडाध्यक्षले पाए अध्यक्षको कार्यभार


३० साउन, सप्तरी । गाउँ पालिकाको उपाध्यक्षको काम भनेको स्थानीयवासीका मुद्दा मामिला हेर्ने र झगडा मिलाउने हो । तर, यस्तो न्यायिक अधिकार हातमा लिएकी सप्तरीकी एकजना जनप्रतिनिधि आफूमाथि लिङ्गीय विभेद भएको भन्दै जनकपुर उच्च अदालत पुगेकी छिन् ।

सप्तरी जिल्लाको अग्निसाइर कृष्णासावरण गाउँपालिकाकी उपाध्यक्ष मीना चौधरीसहित दुई महिला जनप्रतिनिधिहरु उच्च अदालतको ढोका ढक्ढक्याउन पुगेका हुन् । आफूहरुमाथि गाउँपालिका अध्यक्ष पर्शुराम चौधरीबाट विभेदपूर्ण व्यवहार भएको ती महिला जनप्रतिनिधिको आरोप छ ।

गाउँपालिका अध्यक्ष पर्शुराम चौधरीले आफूहरुलाई महिला भएकै कारण अधिकारबाट बञ्चित गरेको भन्दै अदालतमा रिट दर्ता गर्नेहरुमा गाउँपालिका उपाध्यक्ष मीना चौधरी र वडा नम्बर ६ की अध्यक्ष कुसुम आचार्य छन् ।

गाउँपालिका अध्यक्षले आफूहरुलाई महिला भएकै कारण अधिकारबाट बञ्चित गरेको भन्दै अदालतमा रिट दर्ता गर्नेमा उपाध्यक्ष मीना चौधरी र वडा नम्बर ६ की अध्यक्ष कुसुम आचार्य छन्

गाउँपालिका अध्यक्ष चौधरी नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन् । उपाध्यक्ष मीनाले पनि कांग्रेसबाटै चुनाव जितेकी हुन् । तर, अध्यक्षले महिला भएकै कारण मीनालाई कुनै अधिकार नदिएको उपाध्यक्षका पति भरत चौधरीले अनलाइनखबरलाई बताए ।

उपाध्यक्ष मीनासँगै अदालत जाने वडाध्यक्ष कुसुम भने एमालेबाट निर्वाचित जनप्रतिनिधि हुन् । उनले पनि अध्यक्ष चौधरीबाट गाउँपालिकामा मनपरि ढंगकाबाट अधिकारको दुरुपयोग भएको भन्दै मीनालाई साथ दिइरहेको भरतले बताए ।
राजस्व परामर्श समितिको अध्यक्षको हैसियतले मीनाले तयार पारेको प्रतिवेदन अध्यक्षले च्यातेको र कर्मचारीहरुसँग मिलेर गाउँपालिकाको सम्पत्ति जथाभावी खर्च गरिरहेको भरतको आरोप छ ।

उपाध्यक्षले पाइनन् अध्यक्षको कार्यभार

कुनै पनि गाउँपालिकाको अध्यक्ष अनुपस्थित हुँदा उपाध्यक्षलाई कार्यभार दिनुपर्ने कानूनी प्रावधान छ । अग्निसाइर कृष्णासावरण गाउँपालिकाका अध्यक्ष चौधरी तीन दिन अघि भारतमा करिब दुर्इ साताका लागि तीर्थ गर्न गएका छन् । तर, कार्यवाहक अध्यक्षको जिम्मेबारी भने उनले उपाध्यक्ष मीना चौधरीलाई नदिई वडा नम्बर ४ का वडाअध्यक्ष तेजनारायण यादवलाई लेखेर दिएका छन् ।

आफू कार्यालयमा नियमितरुपमा आइरहे पनि अध्यक्षले नियम विपरीत आफूभन्दा जुनियर वडाअध्यक्षलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको उपाध्यक्ष मीनाले गुनासो पोखिन् ।

अध्यक्षले मनोमानी गरेको भन्दै उपाध्यक्ष चौधरी आक्रोशित भएकी छन् । उनले अध्यक्षले आˆनो अपमान गरेको बताएकी छन् । उपाध्यक्ष चौधरीले अध्यक्षले यसअघि पनि मनोमानी तरिकाले काम गरेर आफूलाई वाइपास गरेको बताइन् ।

स्थानीय सरकार सञ्चालन ऐन ०७४ विपरीत अध्यक्षले गलत निर्णयहरु गरेको र पटक-पटक यसबारे ध्यानाकर्षण गराए पनि ध्यान नदिएको मीनाले बताइन् ।

गलत निर्णयको बिरोध गरेकै कारण आफूलाई कार्यभार नदिई वडाअध्यक्षलाई दिएको उनले सुनाइन् । अध्यक्षवाट पटक-पटक आफूलाई अधिकारवाट वञ्चित गराउने र मानमर्दन हुने ब्यवहार भइरहेको भन्दै उनले अमानवीय तथा कानुन विपरीतका क्रियाकलापहरु गाउँपालिकामा भइरहेको बताइन् ।

अध्यक्ष चौधरीमाथि लागेका आरोपबारे बुझ्न टेलिफोन गर्दा उनका छोराले फोन उठाए र भने- ‘बुबा हुनुहुन्न, १०/१२ दिनका लागि इण्डियातिर जानुभएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment