Comments Add Comment

२५ वटा बै‌ंकको नाफा अर्बभन्दा माथि, कुन बैंकले कति कमाए ?

३० साउन, काठमाडौं । २७ वटा वाणिज्य बैंकहरुले आर्थिक वर्ष २०७४/७५ को वित्तीय विवरण सार्वजनिक गरेका छन् ।

बुधबारसम्म वित्तीय विवरण सार्वजनिक गरेका २७ बैंकमध्ये २५ बैंकको मुनाफा अर्ब भन्दा बढी देखिएको छ ।

वित्तीय विवरण बुझाउने २७ बैंकमध्ये मुनाफाका आधारमा नविल बैंक पहिलो स्थानमा रहेको छ । यस बैंकले ४ अर्ब ५ करोड खुद नाफा गरेको छ ।

६४ करोड ५० लाख खुद मुनाफा कमाएको सिभिल बैंक सबैभन्दा पुछारमा छ । यद्यपि, मुनाफाको वृद्धिदर भने यस बैंकको ८५.१९ प्रतिशत पुगेको छ ।

सिभिलले अघिल्लो वर्ष ३४ करोड ८२ लाख रुपैयाँ मात्रै कमाएको थियो । हेरौ आर्थिक वर्ष २०७४/७५ मा कुन-कुन बैंकको प्रगति कस्तो रहृयो :

नबिल बैंक

गत आर्थिक वर्ष २०७४/७५ मा ४ अर्ब ५ करोड खुद मुनाफा आर्जन गर्दै नविल बैंक धेरै नाफा कमाउने बै‌ंक बनेको छ । अघिल्लो वर्ष बैंकले ३ अर्ब ६१ करोड रुपैयाँ नाफा कमाएको थियो ।

नविलले गत आर्थिक वर्षमा ६ अर्ब २६ करोड खूद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ५ अर्ब ५४ करोड थियो । ११ अर्ब ३४ करोड ब्याज आम्दानी गरको बैंकले ५ अर्ब ८ करोड मात्र ब्याज खर्च गरेको छ । ब्याज आम्दानी बढेपछि बैंकको नाफा बढेको हो ।

बैंकले गत वर्ष १ खर्ब ३५ अर्ब निक्षेप संकलन र १ खर्ब १२ अर्ब लगानी गरेको छ । बैंकले खराब कर्जासमेत घटाएर ०.५५ प्रतिशतमा सीमित गरेको छ । बैंकको कर्जा निक्षेप अनुपात ७४.६८ प्रतिशत देखिएको छ ।

कृषि विकास बैंक

यस बैंकले गत आर्थिक वर्षमा ३ अर्ब ७ करोड ७२ लाख नाफा कमाएको छ । बैंकको जगेडा कोषमा १६ अर्ब ७३ करोड ४४ लाख सञ्चित रहेको देखिएको छ ।

एक बर्षमा दुई अर्ब ४५ करोड ८ लाख रुपैयाँले जगेडा कोष बढाएको बैंकले गत वर्ष एक खर्ब पाँच अर्ब ६४ लाख रुपैयाँ निक्षेप संकलन गरेर ९९ अर्ब ८६ करोड ६० लाख कर्जा लगानी गरेको छ ।

यस बैंकले १३ अर्ब ७६ करोड ८१ लाख ब्याज आम्दानी गरेर ६ अर्ब ९६ करोड ६१ लाख ब्याज खर्च गरेको छ । जसबाट उसले ६ अर्ब ८० करोड २० लाख रुपैैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंक

नेपाल इन्भेष्टमेन्ट बैंकले गत आर्थिक वर्षमा ३ अर्ब ९६ करोड ३७ लाख ७० हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको मूनाफामा २६.०५ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो आर्थिक वर्षमा बैंकले ३ अर्ब १४ करोड ४५ लाख ४८ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।

बैंकको खुद ब्याज आम्दानी २०.६९ प्रतिशतले बढेर ५ अर्ब ८७ करोड ८० लाख ७६ हजार रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा ५ अर्ब ५२ करोड ८५ लाख ९६ हजार रुपैयाँ रहेको छ ।

यस अवधिमा बैंकले १ खर्ब ४० अर्ब ७ करोड ११ लाख ६७ हजार रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २० अर्ब ४० करोड १३ लाख ९२ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । खराब कर्जा भने ०.८३५ बाट बढेर १.०३५ पुगेको छ ।

नेपाल बैंक

पुरानै लेखा प्रणाली अनुसार वित्तीय विवरण सार्वजनिक गरेको नेपाल बैंकको नाफा ३ अर्ब ३९ करोड ९७ लाख रुपैयाँ पुगेको छ ।

बैंकको नाफा अघिल्लो वर्षको तुलनामा ९.४ प्रतिशतले बढेको हो । ब्याज आम्दानीबाट बैंकले ६ अर्ब ३६ करोड रुपैयाँ कमाएको छ ।

यस बैंकले ९९ अर्ब ८३ करोड १३ लाख रुपैयाँ निक्षेप संकलन गरी ७९ अर्ब ६३ करोड ऋण प्रवाह गरेको छ । यसको प्रतिसेयर आम्दानी ४२ रुपैयाँ २७ पैसा रहेको छ ।

एभरेष्ट बैंक

एभरेष्ट बैंकले २ अर्ब ७० करोड ४७ लाख २९ हजार रुपैयाँ नाफा कमाएको छ । यो अघिल्लो वर्षको तुलनामा १७.९० प्रतिशतले बढी हो । अघिल्लो वर्ष बैंकले २ अर्ब २९ करोड ४० लाख रुपैयाँ नाफा गरेको थियो ।

एभरेष्टले असार मासान्तसम्म १ खर्ब १४ अर्ब ८५ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । अघिल्लो वर्ष ९५ अर्ब ९ करोड ४४ लाख रुपैयाँ निक्षेप संकलन गरेको थियो ।

बैंकले आर्थिक वर्ष २०७४/७५ मा ९२ अर्ब ७७ करोड ७४ लाख रुपैयाँ ऋण लगानी गरेको छ । ब्याज आम्दानीबाट ४ अर्ब ९२ करोड ४७ रुपैयाँ कमाएको छ ।

हिमालयन बैंक

हिमालयन बैंकले गत आर्थिक वर्ष खुद मुनाफा २ अर्ब ४७ करोड ४५ लाख रुपैयाँ कमाउन सफल भएको छ । बैंकले अघिल्लो वर्षको तुलनामा १३ दशमलव ६० प्रतिशतले नाफा वृद्धि गरेको हो । बैंकले गत वर्ष २ अर्ब १७ करोड ८२ लाख रुपैयाँ नाफा कमाएको थियो ।

बैंकले ९९ अर्ब ७४ करोड ३० लाख रुपैयाँ निक्षेप संकलन गरी कर्जामा ८७ अर्ब ४० करोड ७३ लाख रुपैयाँ लगानी गरेको छ । जसले खुद व्याज आम्दानी १२ दशमलव ९६ प्रतिशतले बढेर ४ अर्ब ४४ करोड ३१ लाख रुपैयाँ पुगेको छ ।

सञ्चालन मुनाफा २२ दशमलव ५१ प्रतिशतले बढेर ३ अर्ब ७१ करोड ७४ लाख रुपैयाँ पुर्‍याएको छ । बैंकको निष्क्रिय कर्जा शून्य दशमलव ९८ प्रतिशत रहेको छ ।

ग्लोबल आइएमई बैंक

ग्लोबल आइएमई बैंकको नाफामा ४.८९ प्रतिशतको बृद्धि देखिएको छ । यस बैंकले एक अर्ब ९८ करोड १७ लाख रुपैयाँ नाफा कमाएको छ ।

अघिल्लो वर्ष १ अर्ब ८८ करोड ९३ लाख रुपैयाँ नाफा गरेको थियो । बैंकले १ खर्ब ६ अर्ब ५१ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने ९३ अर्ब ३७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । ब्याजबाट ३ अर्ब ८० करोड रुपैयाँ आम्दानी गरेको छ ।

स्ट्याण्डर्ड चार्टर्ड बैंक

स्ट्याण्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्षमा खुद नाफा २ अर्ब ७ करोड रुपैयाँ कमाएको छ । यो नाफा अघिल्लो वर्षको तुलनामा ४६ प्रतिशतले बढी हो । बैंकले अघिल्लो अघिल्लो वर्ष १ अर्ब ४२ करोड १५ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

बैंकको सञ्चित कोषमा ५ अर्ब ८८ करोड रुपैयाँ रहेको छ । गत वर्ष ६७ अर्ब ३८ करोड रुपैयाँ निक्षेप संकलन गरेर ४६ अर्ब १४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । यो बैंकले गत वर्षसम्म गरेको लगानी १६ अर्ब १४ करोड रुपैयाँ रहेको छ ।

बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार निष्क्रिय कर्जा अनुपात ०.८१ प्रतिशत रहेको छ । सीसीडी रेसियो ७१.६८ प्रतिशत रहेको यो बैंकको प्रति शेयर आम्दानी २५.८८ रुपैयाँ रहेको छ ।

नेपाल एसबीआई बैंक

नेपाल एसबीआई बैंकले गत आर्थिक वर्षमा १ अर्ब ८८ करोड ६८ लाख ८९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकको खुद नाफा अघिल्लो वर्षको तुलनामा २०.१६५ ले वृद्धि भएको हो । अघिल्लो आर्थिक वर्षमा बैंकले १ अर्ब ५७ करोड ३ लाख ३३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकको खुद ब्याज आम्दानी ३७.७६५ ले बढेर ४ अर्ब १२ करोड ८८ लाख ८७ हजार रुपैयाँ पुगेको छ । गत वर्ष बैंकले ८४ अर्ब २१ करोड ६४ लाख १८ हजार रुपैयाँ निक्षेप संकलन गरी ७५ अर्ब ८८ करोड ५६ लाख ९७ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । खराब कर्जा ०.१०५ बाट बढेर ०.२०५ पुगेको छ ।

प्राइम कमर्सियल बैंक

प्राइम कमर्सियल बैंकले गत आर्थिक वर्षमा १ अर्ब ९४ करोड २३ लाख ९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा ४२.३२ प्रतिशतले नाफा बढाएको हो ।

अघिल्लो वर्षको यही अवधिसम्म प्राइमले १ अर्ब ३६ करोड ४६ लाख ६८ हजार रुपैयाँ मात्र नाफा कमाएको थियो ।बैंकको खुद ब्याज आम्दानी ३८.७३ प्रतिशतले भएर २ अर्ब ६६ करोड ६२ लाख ८४ हजार रुपैयाँ पुगेको छ ।

गत वर्ष बैंकले ८१ अर्ब ३१ करोड ३३ लाख ४० हजार रुपैयाँ नक्षेप संकलन गरी ७० अर्ब ९२ करोड ७६ लाख ८३ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको खराब कर्जा अघिल्लो वर्ष ०.८८५ बाट रहेकोमा घटेर गत वर्ष ०.६६५ मा आइपुगेको छ ।

सिद्धार्थ बैंक

सिद्धार्थ बैंकले गत वर्ष २ अर्ब ४५ करोड ९७ लाख ३१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा रकम अघिल्लो वर्षको भन्दा १९.९९ प्रतिशत धेरै हो । अघिल्लो वर्ष बैंकले २ अर्ब ४ करोड ९९ लाख ११ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस बैंकले सञ्चालन नाफा पनि २ अर्ब ४१ करोड रुपैयाँबाट बढाएर ३ अर्ब २५ करोड ४६ लाख ४५ हजार रुपैयाँ पुर्‍याएको छ । बैंकले खराब कर्जा पनि १.१५५ बाट सुधार गरी यो त्रैमासमा १.०५५ मा सीमित गरेको छ ।

एनएमबी बैक

एनएमबी बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७४/७५ मा १ अर्ब ८१ करोड २९ लाख रुपैयाँ नाफा कमाएको छ । नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ३४ करोड ५६ लाख १९ हजार रुपैयाँले बढेको हो ।

यो नाफा अघिल्लो आवको तुलनामा २३.५५ प्रतिशतले बढी हो । बैंकले गत वर्षसम्ममा ८४ अर्ब ५० करोड रुपैयाँ निक्षेप संकलन गरेर ७५ अर्ब ६४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

यो बैंकले गत वर्ष गरेको लगानी १३ अर्ब ६२ करोड रुपैयाँ रहेको छ । गत वर्ष व्याज आम्दानीबाट मात्रै ८अर्ब ७९ करोड रुपैयाँ कमाएको यो बैंकले यस वापतको खर्च ४ अर्ब ३० करोड रुपैयाँ रहेको जनाएको छ ।

सानिमा बैंक

सानिमा बैंकले गत वर्ष खुद नाफा १ अर्ब ८५ करोड ७४ लाख १७ हजार रुपैयाँ आर्जन गरेको छ । यो नाफा अघिल्लो वर्षको तुलनामा २९.३७ प्रतिशतले बढेको हो ।

अघिल्लो आर्थिक वर्षमा बैंकको नाफा १ अर्ब ४४ करोड २९ लाख २३ हजार रुपैयाँ मात्र थियो ।

बैंकले ७९ अर्ब १९ करोड ६३ लाख ३९ हजार रुपैयाँ निक्षेप संकलन गरी ७० अर्ब २ करोड ६३ लाख ३३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । खराब कर्जा अनुपात ०.०३ प्रतिशतमा सीमित छ । कस्ट फन्ड भने ५.३५ प्रतिशतबाट बढेर ७.४२ प्रतिशत पुगेको छ ।

बैंक अफ काठमाण्डू

बैंक अफ काडमाण्डू लिमिटेडले गत आर्थिक वर्ष १ अर्ब ५४ करोड ८६ लाख रुपैयाँ नाफा कमाएको छ । यो बैंकले कमाएको यस्तो नाफा अघिल्लो वर्षको तुलनामा १८ प्रतिशतले बढी हो ।

अघिल्लो वर्ष बैंकले १ अर्ब ३१ करोड २३ लाख रुपैयाँ कमाएको थियो । बैंकले गत वर्षसम्ममा ७६ अर्ब ७७ करोड रुपैयाँ निक्षेप संकलन गरेर ६९ अर्ब ४६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

यो बैंकले गत वर्ष १२ अर्ब ६८ करोड रुपैयाँ लगानी गरी व्याजबाटमात्रै ८अर्ब ३२ करोड रुपैयाँ कमाएको छ । यसबापत खर्च भने ५ अर्ब ३० करोड रुपैयाँ गरेको छ ।

एनआईसी एसिया बैंक

एनआईसी एसिया बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासम्ममा एक अर्ब ४९ करोड ६६ लाख रुपैयाँ नाफा गरेको छ । यो एनएफआरएस अनुसार देखिएको नाफा हो ।

पुरानो प्रणाली अनुसार १ अर्ब १९ करोड रुपैयाँ नाफा देखिन्छ । गत वर्ष १ अर्ब २९ करोड रुपैयाँ नाफा गरेको थियो ।

यस बैंकले असार मसान्तसम्म १ खर्ब ५१ अर्ब २० करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । अघिल्लो वर्ष ८६ अर्ब ६९ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो ।

यस बैंकले १ खर्ब २१ अर्ब ३५ करोड ५९ लाख रुपैयाँ ऋण लगानी गरेको छ ।  एनआईसीले ३ अर्ब ९६ करोड १० लाख रुपैयाँ ब्याजबाट आम्दानी गरेको छ । असारमसान्त सम्म बैंकको प्रतिसेयर आम्दानी १८.९४ रुपैयाँ छ ।

सिटिजन्स बैंक

सिटिजन्स बैंकले १ अर्ब ४० करोड रुपैयाँ खुद नाफा गरेको छ । यसले नाफामा ३०.२१ प्रतिशतले बृद्धि गरेको हो । अघिल्लो बर्ष १ अर्ब ८ करोड रुपैयाँ नाफा गरेको थियो । बैंकले खुद ब्याज आम्दानी २ अर्ब ८ करोड ६७ लाख रुपैयाँ गरेको छ ।

६१ अर्ब ३९ करोड रुपैयाँ निक्षेप संकलन गरेको यस बैंकको ५७ अर्ब ९५ करोड रुपैयाँ पुर्‍याएको छ । यसको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ५३ पैसा रहेको छ ।

सनराइज बैंक

सनराइज बैंक लिमिटेडले गत आर्थिक वर्ष खुद मुनाफा १ अर्ब ३१ करोड १७ लाख रुपैयाँ कमाएको छ । ११ दशमलव ५३ प्रतिशतले वृद्धि गरेर बैंकले गत वर्ष खुद मुनाफा १ अर्ब ३१ करोड १७ लाख रुपैयाँ कमाएको हो ।

अघिल्लो वर्षको सोही अवधिमा बैंकले नाफा १ अर्ब १७ करोड ६० लाख रुपैयाँ कमाएको थियो । बैंकले निक्षेपमा ६९ अर्ब ४९ करोड ३० लाख रुपैयाँ संकलन गरी कर्जा प्रवाह ६१ अर्ब ६४ करोड रुपैयाँ लगानी गरेको छ ।

बैंकको खुद व्याज आम्दानी २४ दशमलव ७८ प्रतिशतले बढेर २ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ । त्यस्तै सञ्चालन मुनाफा २५ दशमलव ०६ प्रतिशतले बढेर २ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ ।

माछापुच्छ्रे बैंक

माछापुच्छ्रे बैंकले गत आर्थिक वर्षमा १ अर्ब २९ करोड ७३ लाख ३ हजार रुपैयाँ मूनाफा आर्जन गरेको छ । बैंकको सञ्चालन नाफा र खुद ब्याज आम्दानीमा राम्रो प्रगति भएको छ । बैंकले १ अर्ब ८७ करोड ४५ लाख ११ हजार रुपैयाँ सञ्चालन मूनाफा आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकको सञ्चालन नाफा १ अर्ब ८६ करोड १२ लाख रुपैयाँ थियो ।

बैंकले गत आर्थिक वर्षमा २ अर्ब ७३ करोड ७ लाख ७३ हजार रुपैयाँ ब्याज आम्दानी गरेको छ । गत वर्ष खुद ब्याज आम्दानी २ अर्ब ४३ करोड रुपैयाँ थियो ।

बैंकले ७२ अर्ब ४७ करोड ४७ लाख २० हजार रुपैयाँ निक्षेप लिएर ६५ अर्ब ८ करोड १ लाख ८८ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । खराब कर्जा अघिल्लो वर्ष जस्तै अहिले पनि ०.३८५ मा सीमित छ । कस्ट अफ फन्ड भने ४.७६५ बाट बढेर ७.६१५ पुगेको छ ।

लक्ष्मी बैंक

लक्ष्मी बैक लिमिटेडले गत आर्थिक वर्ष १ अर्ब १६ करोड ६३ लाख रुपैयाँ खुँद मुनाफा कमाएको छ । यो अघिल्लो वर्षको तुलनामा १६ करोडले बढी हो ।

बैंकले अघिल्लो वर्ष १ अर्ब मात्रै मुनाफा कमाएको थियो । चुक्ता पूँजी ८ अर्ब २२ करोड रुपैयाँ रहेको यो बैंकको संचित कोषमा २ अर्ब ५२ करोड रुपैयाँ रहेको छ ।

बैंकले गत वर्ष सम्ममा ६७ अर्ब ५३ करोड रुपैयाँ निक्षेप संकलन गरेर ६१ अर्ब ९९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । यो बैंकले गत वर्षसम्म गरेको लगानी ९ अर्ब ९८ करोड रुपैयाँ रहेको छ ।

गत वर्ष व्याज आम्दानीबाट मात्रै ७ अर्ब रुपैयाँ कमाएको यो बैंकले यस वापतको खर्चको ४ अर्ब ७३ करोड रुपैयाँ रहेको छ । बैंकको निष्कृय कर्जा अनुपात १.२९ प्रतिशत रहेको छ ।

प्रभु बैंक

प्रभु बैंक लिमिटेडले नाफा गत आर्थिक वर्ष १ अर्ब १२ करोड रुपैयाँमै नाफा आर्जन गरेको छ । बैंकले अघिल्लो वर्षको तुलनामा नाफा घटाएको हो ।

बैंकले गत वर्ष सम्ममा ९७ अर्ब २५ करोड रुपैयाँ निक्षेप संकलन गरेर ७५ अर्ब ९८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । यो बैंकले गत वर्षसम्म गरेको लगानी १७ अर्ब ९८ करोड रुपैयाँ रहेको छ । गत वर्ष व्याज आम्दानीबाट मात्रै ८ अर्ब ४० करोड रुपैयाँ कमाएको छ ।

१ अर्ब ३८ करोड रुपैयाँ संचालन मुनाफा रहेको यो बैंकको निष्क्रिय कर्जा अनुपात ३.५५ प्रतिशत रहेको छ ।

नेपाल बङ्गलादेश बैंक

नेपाल बङ्गलादेश बैंक लिमिटेडले गत आथिक वर्ष खुद मुनाफा १ अर्ब १० करोड ७९ लाख रुपैयाँ कमाएको छ ।

बैंकले अघिल्लो वर्षको तुलनामा ७ दशमलव ६९ प्रतिशतले नाफा घटाएको हो । अघिल्लो वर्षको सोही अवधिमा बैंकले मुनाफा १ अर्ब २० करोड ३ लाख रुपैयाँ कमाएको थियो ।

बैंकले निक्षेप ४७ अर्ब ९८ करोड २८ लाख रुपैयाँ संकलन गरी कर्जामा ४३ अर्ब ४७ करोड रुपैयाँ लगानी गरेको छ ।
खुद व्याज आम्दानी २८ दशमलव ७८ प्रतिशतले बढेर २ अर्ब २ करोड ७९ लाख रुपैयाँ पुगेको छ भने त्यस्तै संचालन मुनाफा १५ दशमलव ५९ प्रतिशतले बढेर १ अर्ब ७९ करोड ४१ लाख रुपैयाँ पुगेको छ ।

एनसीसी बैंक

नेपाल क्रेडिट एण्ड कमर्स बैकको मुनाफा भने घटेको छ । बैंकको मुनाफा २५ करोड ३७ लाख ८१ हजार रुपैयाँले घटेर गत आर्थिक वर्ष २०७४/७५ मा १ अर्ब ७ करोड २० लाख रुपैयाँमा सीमित भएको छ । यस्तो नाफा अघिल्लो आवमा १ अर्ब ३२ करोड ५८ लाख रुपैयाँ थियो ।

गत वर्षसम्ममा ६३ अर्ब ३२ करोड रुपैयाँ निक्षेप संकलन गरेर ५५ अर्ब ०१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । यो बैंकले गत वर्षसम्म गरेको लगानी ९ अर्ब २४ करोड रुपैयाँ रहेको छ ।

गतवर्ष व्याज आम्दानीबाट मात्रै ६ अर्ब ७४ करोड रुपैयाँ कमाएको यो बैंकले यसवापत ५ अर्ब ११ करोड रुपैयाँ खर्च गरेको छ ।

२ अर्ब ४ करोड रुपैयाँ संचालन मुनाफा रहेको यो बैंकको निष्क्रिय कर्जा अनुपात ३.८९ प्रतिशत रहेको छ ।

सेन्चुरी कमर्सियल बैंक

सेन्चुरी बैंकले गत आर्थिक वर्ष १ अर्ब १० लाख ६ हजार रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षमा भने नाफा ७१ करोड ६३ लाख २० हजार रुपैयाँ मात्र रहेको थियो ।

बैंकले खुद ब्याज आम्दानी र सञ्चालन नाफामा उल्लेख्य सुधार गरेपछि खुद नाफा बढेको हो । अघिल्लो आवमा १ अर्ब २२ करोड ६५ लाख ३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा अहिले ५७.८१५ ले बढेर १ अर्ब ९३ करोड ५६ लाख ३९ हजार रुपैयाँ पुगेको छ ।

सञ्चालन नाफा ३३.६ प्रतिशतले वृद्धि गरी १ अर्ब ३१ करोड ५५ लाख १४ हजार रुपैयाँ पुर्‍याएको छ ।

बैंकले ६१ अर्ब ४९ करोड ८१ लाख ८८ हजार रुपैयाँ निक्षेप संकलन गरी ५४ अर्ब ६३ करोड ८३ लाख २० हजार रुपैयाँ कर्जा लगानी गरेको छ । खराब कर्जा १.१५ बाट घटाएर ०.४ प्रतिशतमा झरेको छ ।

मेगा बैंक नेपाल

गत आर्थिक वर्षमा यस बैंकको खुद मुनाफा ३२ प्रतिशतले बढेर १ अर्ब ४ करोड ६६ लाख पुगेको छ । २०७५ वैशाख ३० गते टुरिजम डेभलपमेन्ट बैंकसँग मर्जर हुँदा ९ महिनाको खुद मुनाफाबाट १४ करोड रुपैयाँ रिजर्भमा लगेर राखेको थियो ।

योसहित जोड्ने हो भने मेगा बैंकले गत आर्थिक वर्षमा १ अर्ब १९ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको देखिने छ ।

आर्थिक वर्ष २०७४-७५ को अन्त्यमा मेगाले निक्षेप ६२ करोड रुपैयाँ पुर्‍याएको छ । यसैगरी, सोही अवधिमा कर्जा २२ अर्ब ७ करोड रुपैयाँले बढेको छ । कुल कर्जा ३५ अर्ब १९ करोड रुपैयाँले वृद्धि भई ५७ अर्ब २६ करोड रुपैयाँ पुगेको हो ।

कुमारी बैंक

कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्ष खुद नाफा १ अर्ब १४ लाख रुपैयाँ कमाएको छ ।

बैंकले अघिल्लो वर्षको तुलनामा ४२ दशमलव ९९ प्रतिशतले वृद्धि गरेको हो । अघिल्लो वर्षको सोही अवधिमा मुनाफा ७० करोड ३ लाख रुपैयाँ कमाउन सफल भएको थियो ।

७ अर्ब १६ करोड ६३ लाख रुपैयाँ चुक्ता पूँजी भएको बैंकले जगेडा कोषमा ४ अर्ब ५३ करोड रुपैयाँ राखेको छ । बैंकले निक्षेपमा ६९ अर्ब ६७ करोड ७७ लाख रुपैयाँ संकलन गरी कर्जा ६२ अर्ब ९४ करोड रुपैयाँ लगानी गरेको छ ।

बैंकको खुद ब्याज आम्दानी ४२ दशमलव ८१ प्रतिशतले बढेर २ अर्ब ४ करोड ८४ लाख रुपैयाँ पुगेको छ ।

जनता बैंक

जतना बैंक लिमिटेडले गत आर्थिक वर्षमा ९३ करोड ४७ लाख कमाउन सफल भएको छ । यो नाफा अघिल्लो आवको तुलनामा ४७.६३ प्रतिशतले बढी हो ।

यो बैंकको नाफा अघिल्लो वर्ष ६३ करोड ३१ लाख रुपैयाँ थियो । बैंकले गत वर्ष ७ अर्ब ६७ करोड रुपैयाँ लगानी गरेको थियो । गत वर्ष व्याज आम्दानीबाट मात्रै ६ अर्ब ५५ करोड रुपैयाँ कमाएको यो बैंकले यस वापत ३ अर्ब ५ करोड रुपैयाँ खर्च गरेको छ ।

१ अर्ब ४१ करोड रुपैयाँ संचालन मुनाफा रहेको यो बैंकको निष्क्रिय कर्जा अनुपात १.३२ प्रतिशत रहेको छ ।

सिभिल बैंक

सिभिल बैंकले आर्थिक वर्ष २०७४/७५ मा ६४ करोड ५० लाख खुद मुनाफा गरेको छ । यो २७ वाणिज्य बैंकहरुमध्ये सबैभन्दा कम हो । यद्यपि, मुनाफाको वृद्धिदर भने यस बैंकको ८५.१९ प्रतिशत पुगेको छ ।

सिभिलले अघिल्लो वर्ष ३४ करोड ८२ लाख रुपैयाँ मात्रै नाफा कमाएको थियो । बैंकले गत वर्षसम्ममा ४० अर्ब १ करोड रुपैयाँ निक्षेप संकलन गरेर ३९ अर्ब ४६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । यो बैंकले गत वर्षसम्म गरेको लगानी ६ अर्ब ६७ करोड रुपैयाँ रहेको छ ।

गत वर्ष व्याज आम्दानीबाट मात्रै ४ अर्ब ४० करोड रुपैयाँ कमाएको यो बैंकले यस वापतको खर्चको ३ अर्ब ३ करोड रुपैयाँ गरेको छ । ४ अर्ब ४१ करोड रुपैयाँ संचालन मुनाफा रहेको यो बैंकको निष्क्रिय कर्जा अनुपात २.६४ प्रतिशत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment