Comments Add Comment

चिकित्सकको लाइसेन्स बुझाउने आन्दोलन स्थगित

फाइल तस्वीर

३१ साउन, काठमाडौं । नेपाल चिकित्सक संघले आफ्नो लाइसेन्स संघमा जम्मा गर्न देशभरका चिकित्सकहरुलाई उर्दी जारी गरेको छ । तर, भोलि भदौ १ गतेदेखि नै विरामी नजाँच्ने आन्दोलनलाई भने १५ दिनका लागि स्थगित गरेको छ ।

संघले मुलुकी अपराध संहिताको ‘इलाजसम्बन्धी कसुर’सम्वन्धी व्यवस्था संशोधन गर्न माग गरेको छ । चिकित्सकको लापरवाहीले विरामीको मृत्यु भएमा ५ वर्षसम्म कैद सजाय हुने व्यवस्था संशोधन गरेर लापरबाही भए नभएको पुष्टि गर्न विशेषज्ञ समिति बनाएर छानविन गर्नुपर्ने थप गर्न माग गरेको छ ।

सरकारले कानुन संशोधन गरेर माग सम्बोधन गरेकाले १५ दिन पर्खिने संघको निर्णय छ । तर, १५ दिनमा पनि माग पुरा नभए एप्रोन र लाइसेन्स मेडिकल काउन्सिलमा बुझाउने उसको चेतावनीका छ ।

त्यसका लागि उपत्यकाका चिकित्सकहरुले संघको कार्यालय र जिल्लामा त्यहीको कार्यालय लाइसेन्स र शैक्षिक प्रमाणपत्र जम्मा गर्न चिकित्सक संघले आफ्ना सदस्यहरुलाई उर्दी जारी गरेको छ ।

कानुन मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै संघको मागबारे ध्यानाकर्षण भएको र आवश्यकताअनुसार संशोधन गर्ने क्रममा सम्बोधन गर्ने बताएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment