Comments Add Comment

मनिषाको बर्थ डे पार्टीमा को को आए ?

बलिउडकी नेपाली अभिनेत्री मनिषा कोइरालाले मुम्बईमा आफ्नो ४८ औं जन्मदिन मनाइन् । उनले दिएको जन्मदिनको पार्टीमा चल्तिका कलाकारहरु भने कोही पनि उपस्थित थिएनन् ।

मनिषाकी साथी तथा पुरानी अभिनेत्री रेखा सो पार्टीमा आएकी थिइन् । उनले मनिषालाई टाउकोमा हात राखेर आशिर्वाद दिइन् । फिल्म निर्माता विधु विनोद चोपडाको पनि त्यहाँ उपस्थिति थियो । यसैगरी फेसन डिजाइर मनिष मल्होत्रा पनि आएका थिए ।

छोरीको जन्मदिन मनाउन मनिषाकी आमा सुष्मा कोइराला पनि मुम्बई पुगेकी थिइन् । बाबु प्रकाश कोइराला भने गएनन् । मनिषाकी निकट साथी उषा काकडेको पार्टीमा सहभागीता रह्यो ।

सानो जमघटमा मनाइएको जन्मदिनका अवसरमा मनिषा खुशी देखिएकी थिइन् । उनले सेतो रंगको कुर्ता सुरुवात लगाएकी थिइन् ।

हालै सञ्जय दत्तको बायोपिक ‘सञ्जु’ मा काम गरेपछि बलिउडमा मनिषाको सक्रियता बढ्न थालेको छ । उनी चाँडै एउटा वेब सिरिजमा काम गर्दैछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment