+
+

सत्तारुढ सांसदको प्रश्न : माइतीघर मण्डलामा नाङ्गो प्रदर्शन गर्न पाइन्छ ?

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ ५ गते १४:१०

५ भदौ, काठमाडौं । सत्तारुढ नेपाल पाका सांसद खगराज अधिकारीले माइतीघर मण्डलामा ‘नाङ्गो प्रदर्शन’ भएको टिप्पणी गरेका छन् ।

तर, प्रमुख विपक्षी दलकी सचेतक पुष्पा भुसालले गैरसंसदीय शब्द प्रयोग भएको भन्दै आपत्ति जनाइन् ।

मंगलबार संसदको बैठकमा विशेष समय लिएर बोल्दै सांसद अधिकारीले बलात्कारीलाई हैदसम्मको कारबाही गर्नुपर्ने बताए । उनले संविधानमा फाँसीको व्यवस्था गर्न तयार हुनुहुन्छ भनेर प्रमुख विपक्षीलाई प्रश्नसमेत गरेका छन् ।

अधिकारीले प्रश्न गरे, ‘मण्डला जस्तो पावन भूमिमा नाङ्गा प्रदर्शन गर्न हुन्छ कि हुँदैन ? मण्डला भनेको खुरुखुरु उफ्रने ठाउँ हो कि सम्मान गर्ने पावन भूमि हो ?’

उनले बोलिरहँदा विपक्षी सचेतक भुसालले नियमापत्ति गरिन् । संसदीय मर्यादा विपरित नाङ्गो शब्द प्रयोग भएको भन्दै उनले रेकर्डबाट हटाउन माग गरेकी छन् । साथै अधिकारीले महिला अस्मितामाथि नै प्रश्न उठाएको भन्दै विरोध गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?