+
+
Shares

कम्युनिस्टको धर्म नै पक्षपात गर्नु हो: रामचन्द्र पौडेल

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ ११ गते ११:२९

११ भदौ, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिस्टको धर्म नै पक्षपात गर्नु रहेकोे आरोप लगाएका छन् ।

केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले गरेको नगर प्रमुख–उपप्रमुखसँगको अन्तरसम्वाद कार्यक्रममा उनले कम्युनिस्टको चरित्र नै पक्षपात गर्ने रहेको भन्दै कांग्रेसले त्यसलाई चिर्न सक्नुपर्नेमा जोड दिए ।

‘यो मलाई भोट दिने गाउँ, यो मलाई भोट नदिने गाउँ भनेर पक्षपात गर्छन्’, पौडेलले भने, ‘त्यसलाई चिरेर कांग्रेसका जनप्रतिनिधि अगाडि बढन सक्नुपर्छ ।’

नेपाली कांग्रेस अहिले धेरै खस्केको भन्दै उनले पार्टीलाई माथि उठाउने गरी प्रशंसनीय काम गरेर जनताको मन जित्न आग्रह गरे । ‘कांग्रेस अहिले धेरै खस्केको छ,’ पौडेलले भने, ‘तपाईंहरुले न्यायोचित र प्रशसनीय काम गरिदिनुभयो भने कांग्रेस माथि उठ्न सक्छ ।’

गाउँ–गाउँमा अधिकार नभएर भ्रष्टाचार बढेको आफूले सुनेको बताउँदै वरिष्ठ नेता पौडेलले जनप्रतिनिधिहरुलाई पारदर्शी ढंगले जनसेवामा लाग्न निर्देशन दिए ।

सरकार स्वेच्छाचारी भएको भन्दै उनले बजेट बाँडफाँट र अहिले कर लिने विषयमा त्यसलाई पुष्टि गरेको जिकिर गरे । बजेट बाँडफाँट केको आधारमा गर्ने भन्ने सन्दर्भमा वित्तीय आयोग गठन नगर्नु त्यसैको उदाहरण भएको उनको भनाइ छ ।

नेकपाले जनवाद भनिरहेको भन्दै उनले जनवाद भनेकै केन्द्रीययता भएकाले सरकारले संघीयताको सही अभ्यास गर्न नखोजिरहेको आरोप लगाए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?