+
+
Shares

गोरखाको चुम्चेतमा छुरा प्रहारबाट एकजना गम्भीर घाइते

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ ११ गते १८:१५

११ भदौ, गोरखा । गोरखाको चुमनुव्री गाउँपालिका-६ चुम्चेतमा छुरा प्रहारबाट एक जना गम्भीर घाइते भएका छन् । स्थानीय पासाङ डुन्डुपले छुरा प्रहार गर्दा लोप्साङ लामा घाइते भएको प्रहरीले जनाएको छ ।

नाताले दाजुभाइ पर्ने डुन्डुप र लामा राति सँगै सुतेका थिए । राति डुन्डुपले एक्कासी लामामाथि छुरी प्रहार गरेर भागेको स्थानीयको भनाइ उदृत गर्दै प्रहरी प्रमुख एसपी बिमल बस्नेतले बताए ।

छुरी प्रहारबाट लामाको ढाडमा दुर्इवटा प्वाल परेको र अवस्था गम्भीर  रहेको एसपी बस्नेतले जानकारी दिए । घाइतेलार्इ उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लैजाने तयारी गरिएको छ ।

छुरी हानेर फरार रहेका डुन्डुपको स्थानीय र प्रहरी मिलेर खोजी गरिरहेको एसपी बस्नेतले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?