१३ भदौ, महोत्तरी । महोत्तरीको औरही नगरपालिकामा आठ महिने शिशुको अपहरणपछि हत्या भएको विरोधमा स्थानीयबासी बुधबार बिहानैदेखि प्रर्दशन गरेका छन् । स्थानीयबासीले दिनभर प्रर्दशन गर्नुका साथै र्यालीसमेत निकाले ।
औरही नगरपालिकाका १ का सन्तोष चौधरीको ८ महिने छोरी सोनालीकुमारी गत आइतबार अपहरणपछि हत्या भएको थियो । प्रर्दशनकारीले बिहानदेखि नै बर्दिबास औरही जलेश्वर सडक खण्ड अवरुद्ध पारेका थिए ।
सीसीटीभी फुटेजमा भंगाहा नगरपालिका ६ जमुनियाका भरत साहले शिशुलाई लिएर गएको देखिएको भन्दै स्थानीयले उनलाई पक्राउ नगरेकोमा प्रहरीको विरोध गरेका छन् ।
प्रहरीले भने उनको खोजी भइरहेको बताएको छ ।साह सिरहा कारागारबाट कैद भुक्तान गरी हालै छुटेको पाइएको प्रहरीले बताएको छ ।
शिशु (बालिका) अपहरणपछि हत्या घटनाले स्थानीय त्रसित भएका छन् । साहले प्रयोग गरेको मोवाइल लोकेसनको आधारमा समेत खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ ।
महोत्तरीका डीएसपी खगेन्ऽबहादुर खड्का पोष्टमार्टम रिपोर्ट आएपछि बालिकाको हत्याको कारण पत्ता लाग्ने बताए ।
प्रतिक्रिया 4