Comments Add Comment

बिम्स्टेक सम्मेलन आजबाट, प्रधानमन्त्री ओलीले उदघाटन गर्ने

१४ भदौ, काठमाडौं । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहायताका लागि बंगालको खाडीका देशहरुको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलन आजबाट काठमाडौंमा शुरु हुँदैछ ।

भोलिसम्म चल्ने सम्मेलनको उदघाटन प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो तीन बजे सोल्टी होटलमा गर्नेछन् ।

सम्मेलनमा सहभागिताका लागि सदस्य राष्ट्रका प्रमुख तथा प्रधानमन्त्री आउने क्रम जारी छ । म्यानमार, भुटानलगायतका राष्ट्रप्रमुख नेपाल आइपुगिसकेका छन् भने भारत, बंगलादेश, थाइल्यान्डलगायतका प्रधानमन्त्री बिहीबार आउने कार्यक्रम छ ।

सन् १९९७ मा स्थापना भएको बिम्स्टेकमा नेपाल, भारत, बंगलादेश, भुटान, म्यानमार, श्रीलंका र थाइल्यान्ड सदस्य छन् ।

बिम्स्टेकको मन्त्रीस्तरीय बैठकले चौथो सम्मेलनका लागि विभिन्न १६ एजेन्डा तय गरेको छ । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीका अनुसार सदस्य राष्ट्रहरूबीच कनेक्टिभिटी, गरिबी निवारण, अन्तरक्षेत्रीय व्यापार तथा लगानी, जलवायु परिवर्तन र सुरक्षालाई प्रमुख प्राथमिकतामा राखिएको छ ।

बिम्स्टेक राष्ट्रहरुबीच ऊर्जा व्यापार सहज बनाउन गर्न लागिएको विद्युत प्रसारण लाईन ग्रिड इन्टरकनेक्सन्सको एमओयूमा हुने हस्ताक्षरलाई सम्मेलनको सबैभन्दा महत्वपूर्ण विषयको रुपमा हेरिएको छ ।

सन् २००४ मा भुटानसँगै बिम्स्टेकमा प्रवेश गरेको नेपालले आफ्नो् प्राथमिकता र चासो निर्धारण गर्न नसकेको भन्दै परराष्ट्रमामलाका जानकारहरुले आलोचना गर्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment