+
+
Shares

ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपाल पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ १४ गते १०:१४

१४ भदौ, काठमाडौं । ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपाललाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं प्रहरीको विशेष टोलीले नेपाललाई चाबहिलबाट बिहीबार बिहान पक्राउ गरेको हो ।

प्रहरी स्रोतले दिएको जानकारी अनुसार बहुपक्षीय प्राविधिक तथा आर्थिक सहायताका लागि बंगालको खाडीका देशहरुको प्रयास (बिमस्टेक)को चौथो शिखर सम्मेलनमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विरोधमा नेपालले प्रदर्शन गर्नसक्ने आशंकामा उनलाई पक्राउ गरिएको हो ।

भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणका क्रममा नेपालले कालोझण्डा देखाएर प्रदर्शन गर्दै आइरहेका छन् । अघिल्लोपटक मोदीको भ्रमणमा यसैगरी प्रदर्शन गरेपछि उनलाई प्रहरीले पक्रेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?