Comments Add Comment

के तपाई सेक्स भन्दा बढी खानेकुराको बारेमा सोच्नुहुन्छ ?

अहिलेका युवती के कुरामा बढी सोचमग्न हुन्छन् होला ?

खानेकुराका लागि ? किनमेलका लागि ? करियरका लागि ? फेसनका लागि ? तपाईंको अनुमान आशिंक मात्रामा मिल्न सक्छ । हो, उनीहरु आफ्नो फिगर एवं सौन्दर्यमा बढी सोचमग्न हुने गर्छन् ।

आफुलाई कसरी आकर्षक देखाउने भनेर उनीहरु व्यायाम गर्छन् । योगा गर्छन् । धुलो र घामको सोझो सम्पर्कबाट टाढा रहन्छन् । पर्याप्त पानी पिउँछन् । खानपानमा विशेष सर्तकता अपनाउँछन् ।

के देखिएको छ भने, युवतीहरु खाना खान बस्दा पनि क्यालोरीलाई लिएर सँधै सतर्क हुन्छन् र क्यालोरी हिसाब गरेर मात्रै खाना खान्छन् । यस्तो लाग्छ, महिलाहरुमा फिट र सुन्दर रहने भोक आवश्यकता भन्दा धेरै छ ।

डाइटिङको कनेक्सन दाम्पत्यमा ?

हुनपनि अहिलेका महिलाहरुले आफ्नो वैवाहिक सम्बन्धलाई सम्हाल्न वा सुमधुर बनाउन भन्दा कैयौं गुणा धेरै मेहनत डाइटिङमा गर्छन् । बेलायतमा गरिएको एक सर्वेक्षणबाट पनि यस्तै तथ्य अगाडि आएको छ ।

सर्वेक्षणमा बेलायतका एक हजार दुई सय ९० यस्ता महिलाले भाग लिएका थिए, जो डाइटिङ गरिरहेका थिए । सर्वेक्षणबाट डाइटिङले उनीहरुको दाम्पत्य सम्बन्धलाई कसरी प्रभावित गरिरहेको भन्ने कुरा पनि देखियो । यसको नतिजा आश्चर्यचकित बनाउने थियो ।

सर्वेक्षणमा लगभग ५४ प्रतिशत महिलाहरुले उनीहरु आफ्नो वैहाहिक सम्बन्धलाई उचित तरिकाले निभाउनभन्दा पनि धेरै मेहनत डाइटिङको लागि गरिरहेको स्विकारेका थिए ।

लगभग १० प्रतिशत महिलाहरुले त यो पनि मानेका छन् कि यदी उनीहरुलाई आफ्नो पति वाा पार्टनरले धोका दिएपनि उनीहरुलाई त्यति दुख हुँदैन जति कि आफ्नो डाइटिङबाट विचलित हुँदा हुन्छ ।

नेपाली महिलाहरु

नेपाली परिदृश्यमा यो कुरा कति सत्य छ वा यहाँको परिस्थिती कस्तो छ त ? महिलाहरु फेरी चाहे नेपाली हुन् वा अर्को कुनै देशका अक्सर आफूलाई यहि दृष्टिकोणबाट हेर्छन् । उनीहरु पुरुष र अरु महिलाहरुले आफ्नो शारीरिक बनावटको बारेमा के विचार राख्छन् भन्नेमा धेरै ध्यान दिन्छन् ।

हरेक प्रेमी वा पतिले उनीहरुको श्रीमति वा प्रेमीकाले आफ्नो शरीरको ध्यान दिनमा अल्छी नगरुन भन्ने चाहन्छन् । यदी महिलाहरु आफ्नो शरीरको राम्रो तरिकाले ध्यान राखेनन् उनीहरुलाई डिप्रेशन र स्वास्थ्यसँग जोडिएका स्वास्थ्य समस्याहरु हुन सक्छन् ।

फेरि पनि यदि हामी कोही अरुले हामीलाई मन पराउन् भन्ने चाहन्छौं भने त्यो भन्दा पहिले हामीले आँफैलाई मनपराउन सिक्नुपर्छ ।

हाम्रो देशमा धेरै महिलाहरु आफ्नो परिवारका सदस्यहरुलाई आफ्नै हातले खाना बनाएर खुवाउँछन् । उनीहरु दिनभने घरका काम र खाना पकाउनमा व्यस्त हुन्छन् । यस्तोमा उनीहरुको दिमागमा भोजन बाहेक अरु कुराहरु कसरी आउन सक्छ ।

यो अध्ययनमा त यस्ता महिलाहरुलाई लिइएको छ जो डाइटिङमा थिए । डाइटिङ गर्ने जो-कोहीले आफूलाई आफ्नो मनपर्ने भोजनबाट बञ्चित राख्छन् । तर, यस्तो दमन पछि हुनसक्ने विष्फोटको संकेत हुन सक्छ । यस्तोमा मानिसले हरेक पटक भोजनको बारेमा नै सोच्ने गर्छन् अझै महिलाहरुले धेरै सोच्छन् ।

मनपर्ने खाना खानुहोस्, प्रेम गर्नुहोस्

धेरैले भन्ने गर्छन्, ‘भोजनले आराम दिन्छ र सेक्सले मुक्ति ।’ जब हामी कुनै एक चीजप्रती पागल हुन्छौं यस्तोमा मानिसले त्यसै विषयमा मात्रै पनि लगातार सोच्न सक्छ ।

यदि हामी भोको छौं भने भोको हुन्जेलसम्म भोजनको बारेमा मात्रै सोच्छौं यसैगरि यदि हाम्रो मन आफ्नो प्रेमी प्रेमीकाको नजिकै जाने वा उनीहरुसँग प्रेममय कुरा गर्ने छ भने हामी त्यसै बारेमा सोच्ने गर्छौं ।

भोजन र सेक्सलाई धेरैले एक आपसमा जोडेर पनि हेर्ने गर्छन् । यसैले धेरैले भन्छन्, ‘सेक्स पछि मानिसलाई भोक लाग्छ र भोजन गरेपछि फेरि सेक्सको चाहना बढ्छ ।’

आम रुपमा मानिस सेक्सपछि भोजनको बारेमा सोच्छन् अनि फेरि भोजन गरेपछि मानिसहरु सेक्सको बारेमा नै सोच्न थाल्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment