+

सिंगापुरले नेपाललाई दियो १५२ रनको लक्ष्य

२०७५ भदौ  १७ गते १०:०४ २०७५ भदौ १७ गते १०:०४
सिंगापुरले नेपाललाई दियो १५२ रनको लक्ष्य

१७ भदौ, काठमाडौं । एसिया कप छनोट क्रिकेटमा सिंगापुरले नेपाललाई १५२ रनको लक्ष्य दिएको छ । नेपालले केहीबेरअघि जवाफी ब्याटिङ थालेको छ ।

क्वालालम्पुरको यूकेए ओभलमा टस जितेर ब्याटिङ थालेको सिंगापुरले ४२ ओभरमा सबै विकेट गुमाएर १५१ रन बनायो । उसका लागि चेतन रामचन्द्र सूर्यवंशीले ६० रन बनाए ।

निकै खराब सुरुवात गरेको सिंगापुरले १८ रन जोड्दा ३ विकेट गुमाइसकेको थियो । तर, सूर्यवंशीले चौथो विकेटका लागि अनिश परमसँग ८० रनको साझेदारी गर्दै पारी सम्हाले । अनिश ३१ रनमा आउट भए ।

त्यसपछि नेपाली बदरहरु हाबी भए ।

नेपालका लागि सन्दीप लामिछाने र ललितनारायण राजवंशीले समान ३-३ विकेट लिए भने सोमपाल कामीले २ विकेट हात पारे ।

एसिया कप छनोट नेपाली क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय