Comments Add Comment

सिंगापुरले नेपाललाई दियो १५२ रनको लक्ष्य

१७ भदौ, काठमाडौं । एसिया कप छनोट क्रिकेटमा सिंगापुरले नेपाललाई १५२ रनको लक्ष्य दिएको छ । नेपालले केहीबेरअघि जवाफी ब्याटिङ थालेको छ ।

क्वालालम्पुरको यूकेए ओभलमा टस जितेर ब्याटिङ थालेको सिंगापुरले ४२ ओभरमा सबै विकेट गुमाएर १५१ रन बनायो । उसका लागि चेतन रामचन्द्र सूर्यवंशीले ६० रन बनाए ।

निकै खराब सुरुवात गरेको सिंगापुरले १८ रन जोड्दा ३ विकेट गुमाइसकेको थियो । तर, सूर्यवंशीले चौथो विकेटका लागि अनिश परमसँग ८० रनको साझेदारी गर्दै पारी सम्हाले । अनिश ३१ रनमा आउट भए ।

त्यसपछि नेपाली बदरहरु हाबी भए ।

नेपालका लागि सन्दीप लामिछाने र ललितनारायण राजवंशीले समान ३-३ विकेट लिए भने सोमपाल कामीले २ विकेट हात पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment