+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

भरतपुरबाट पाँच बर्षकी छोरीसहित आमा बेपत्ता !

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ १८ गते १३:३३

१८, भदौ, चितवन । भरतपुर महानगरपालिका १० हाकिमचोकबाट ५ वर्षकी छोरीसहित एक महिला बेपत्ता भएकी छन् ।

धादिङको ज्वालामुखी गाउँपालिका ६ कि २५ बर्षकी ज्योति सुवेदी तिमिल्सिना ५ बर्षकी छोरी आर्जना तिमिल्सिनासहित हराएकी हुन् ।

हाकिमचोकमा डेरा गरेर बस्ने उनीहरु भदौ १२ गते ३ बजे कोठाबाट निस्केको आफन्तले बताएका छन् । उनले अन्तिम पटक बहिनीलाई फोन गरेको र त्यसपछि सम्पर्कविहीन भएको दाइ नगेन्द्र सुवेदीले बताए ।

म्याग्दी माइत भएकी ज्योतिको २०७० सालमा धादिङका नवराज तिमिल्सिनासंग विवाह भएको थियो । अनमी पढेकी ज्योति लोकसेवा आयोगको परीक्षाको तयारी र छोरीको पढाइका लागि भन्दै भरतपुर बस्दै आएकी थिइन् । उनका श्रीमान वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा छन् ।

परिवारले खोजी गरिदिन भन्दै भदौं १३ गते नै जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका थिए । जिल्ला प्रहरी कार्यालय चितवनले हुलियासहित कतै देखेमा प्रहरी समक्ष सम्पर्क गराउन जानकारी गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?