+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

फिफा अवार्ड : उत्कृष्ट तीनमा अटाउँलान् मेस्सी ?

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ १८ गते १६:०४

१८ भदौ, काठमाडौं । विश्व फुटबलको प्रशासकीय निकाय (फिफा) ले फिफा वर्ष प्रशिक्षक, वर्ष खेलाडीलगायत विधामा दिने अवार्डका लागि सोमबार अन्तिम तीन जनाको नाम घोषणा गर्दैछ ।

यसअघि मनोनयनमा परेका मध्ये अनलाइन भोटिङ र फिफासम्वद्ध देशका एक पत्रकार, राष्ट्रिय टिमका प्रशिक्षक र कप्तानले गरेको भोटको आधारमा उत्कृष्ट तीन छानिएको हो ।

पुरुष प्रशिक्षकमा सन् २०१७ को फिफा वर्ष प्रशिक्षक जितेका जिनेदिने जिदानसहित विश्वकपमा चम्किएका रसियन प्रशिक्षक स्टानिस्लाभ चेर्चेसोभसहित ११ जना मनोनयनमा थिए ।

यस्तै उत्कृष्ट खेलाडीको मनोनयनमा क्रिष्टियानो रोनाल्डो, केभिन डि ब्रायन, एन्टोनियो गि्रजम्यान, इडन हजार्ड, हृयारी केन, केलियन एम्बाप्पे, लियोनल मेस्सी, लुका मोडरिक, मोहम्मद सलाह, राफेल भाराने रहेका छन् । मेस्सी यूइएफए अवार्डको उत्कृष्ट तीनमै परेका थिएनन् । त्यसैले फिफा अवार्डमा पर्छन् कि पर्दैनन् भन्ने जिज्ञासा फुटबल समर्थकहरुमा देखिन्छ ।

यसमा उत्कृष्ट तीनजनाको नाम सोमबार घोषणा हुने भए पनि लण्डनमा २४ सेप्टेम्बरमा हुने फिफा फुटबल अवार्डका बेला विजेता घोषणा गरिने छ ।

यसका साथै फिफाले महिला वर्ष प्रशिक्षक, महिला वर्ष खेलाडी, उत्कृष्ट गोल अवार्ड, ˆयान अवार्ड र फिफा वर्ष टिमलाई पनि अवार्ड दिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?