८ भदौ, विराटनगर । प्रत्येक वर्ष कृष्ण जन्माष्टमीको भोलिपल्ट विराटनगरमा निकालिने धार्मिक राधाकृष्ण रथ यात्रा सोमवार अपरान्ह ४ बाट सुरु भएको छ ।
५१ औं रथयात्राको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले विषेश पूजाअर्चाना गरेपछि विराटनगरमको तिनपैनीस्थित राधाकृष्ण मन्दिरबाट रथ यात्रा सुरु भएको हो ।
सुनौलो रंगको पैगोडा शैलीको २२ फिट लामो, १४ फिट चौडा र १८ फिट अग्लो रथ निर्माण गरिएको छ। रथको अग्र भागको दायाँ र बायाँ गरी दुबैपटि ७५ फिट लामो लठामा तानी रथ यात्राले नगरको परिक्रमा गराइँएदै छ ।
राधाकृष्ण रथ यात्रा अमुल आयोजक समितिका अध्यक्ष बाबुराजा ओझाले विराटनगरको मेनरोड हुँदै महेन्द्र चोक, धरानरोड, वरगाछी हुँदैे सात किलो मिटिरको रुट यात्रा पूरा गरी पुन मन्दिर परिषरमा आएर विसर्जन गरिने छ । रथयात्रा सञ्चालनका लागि मुख्य रुट क्षेत्रमा ४३ स्थानमा विश्रामस्थल तय गरिएको छ ।
विराटनगरमा प्रत्येक वर्ष श्री कृष्ण जन्माष्टमीको भोलिपल्ट युगल जोडी राधाकृष्ण राखेर निकालिने रथयात्राको अवलोकन गर्न नेपाल भारत लगायतका सयौ भक्तजन विराटनगर आउने गर्दछन ।
वि.स. १९८८ मा खटयात्राबाट सुरु रथयात्रा ०२४ सालदेखि रथयात्रामा परिणत गरिएको हो । ८ जनाले थालेको खटयात्रा अहिले रथ यात्रामा परिणत हुँदा प्रत्येक वर्ष ५ लाख बढी भक्तजन सहभागी रहेको छ ।

रथयात्रामा हुने सम्भावित दुर्घटना रोक्न ७ सय भन्दा बढी प्रहरी परिचालन गरिएको मोरङका प्रहरी प्रमुख एव प्रहरी उपरीक्षक मनोज केशीले जानकारी दिए ।
प्रहरी उपरीक्षक केशीका अनुसार रथयात्राभर भत्तजनको सुरक्षाका लागि तीन तहमा प्रहरी परिचालन गरिएको छ । यो वर्षको रथयात्राको सुरक्षाका लागि पहिलो पल्ट ड्रोन क्यामेराको प्रयोग गरी रथयात्राभर अवलोकन गर्ने व्यवस्था मिलाइएको छ ।
साथै रथयात्रको रुटमा सीसी क्यामेरा जडान गरिएको प्रहरीले जनाएको छ । प्रदेश १ सरकारले रथयात्राको दिन प्रदेश १ मा सार्वजनिक विदासमेत दिएको छ ।

प्रतिक्रिया 4