+
+

योग गर्नुहुन्छ ? त्यसो भए तपाईं यी रोगबाट मुक्त हुनुहुनेछ 

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ २० गते ८:३०

अहिले योगको लहर छ । धेरैजसो विहान उठ्छन्, व्यायाम गर्छन्, योग गर्छन् । यस्ता कर्मले शरीरलाई ताजा मात्र होइन, बलियो र निरोगी पनि बनाउँछ । योग गर्नेहरुले शरीरमा आउने स्फूर्ति र उर्जाको अनुभव गरेकै होलान् ।

यद्यपी कतिपय अझैपनि योगमा विश्वास गर्दैनन् वा योग गर्न अल्छी गर्छन् । शारीरिक श्रम गर्नेहरु ठान्छन्, काम गरेपछि योग गर्नुपर्दैन ।

तर, शारीरिक श्रम गर्दैमा त्यसले योगको जस्तो फाइदा पुग्दैन ।

योग भनेको त्यो व्यवस्थित कर्म हो, जसले शरीरलाई समुचित ढंगले क्रियासिल बनाउँछ । मांशपेसीदेखि रक्त प्रवाहसम्ममा यसले राम्रो फाइदा पुर्‍याउँछ । योगको आफ्नै नियम र तौर तरिका छन् । योग गर्दा कसरी गर्ने र त्यसबाट आफुलाई के फाइदा मिलिरहेको छ भन्ने कुरामा पनि हेक्का राख्नुपर्छ । अन्धधुन्द गरिएको कुनैपनि कर्मले सही नतिजा नदिन सक्छ । अर्थात योग गर्दा त्यसका विधी राम्ररी जानेको हुनुपर्छ र त्यसबाट हुने स्वास्थ्य लाभको बारेमा पनि हेक्का हुनुपर्छ ।

योगको फाइदा

नियमित योग गर्नाले हाम्रो मस्तिस्क र शरीर एकआपसमा यसरी जोडिन्छन् कि मस्तिस्कले हाम्रो शारीरिक स्वास्थ्यलाई राम्रो बनाउँछ । नियमित योग गर्नाले हामीलाई स्वस्थ रहन मात्रै होइन हामीमा सकरात्मक सोचको समेत विकास हुन्छ ।

हुन पनि हाम्रो मस्तिस्कले सँधै केही न केही सोचिरहन्छ जसको असर हाम्रो शरीरमा देखिन्छ । हाम्रो मन र मस्तिस्क शान्त गर्नको लागि योग फाइदाकारी हुन्छ । नियमित योग गरेमा हामीले कुनै पनि काममा राम्रोसँग ध्यान केन्दि्रत गर्न सकिन्छ ।

यसले मानिसको तनाव र चिन्ता कम हुन्छ साथै मुटुको स्वास्थ्यमा सुधार आउँछ । नियमित योग गरेमा तपाईं शारीरिक समस्याहरुबाट टाढा रहन सक्नुहुन्छ । यसले तपाईलाई स्वस्थ र सरल जीवन बिताउन पनि मद्धत गर्छ ।

योगले हाम्रो शारीरिक र मानसिक स्वास्थ्यलाई कसरी प्रभावित गर्छ त ?

अस्वस्थ खानाको तलतललाई नियन्त्रण गर्छ

अस्वस्थ मानिने जंक फुडहरु खाइराख्न मन लाग्छ । तर, यो मानव स्वास्थ्यको लागि धेरै हानीकारक हुन्छ । यसलाई टाढा गर्न माइन्डफुलनेस मेडिटेसनले मद्धत गर्छ ।

यसले तपाईको खानेकुराको तलतलको बारेमा अनुभव गराउँछ । जब तपाई योग गर्ने क्रममा आँफैलाई खानेकुराको तलतललाई रोक्नुहुन्छ यसले तपाईको दिमागलाई संकेत मिल्छ र दिमागले त्यहि अनुसार प्रतिक्रिया जनाउँछ ।

दुखाई कम गर्छ

तपाईलाई जीउ दुख्ने, हड्डीहरु दुख्ने, टाउको दुख्ने, हाडजोनी दुख्ने, जस्ता विभिन्न शारीरिकि दुखाई हुन्छ भने नियमित योग गरेमा यसले तपाईंको दिमागलार्य दुखाई सहन मद्धत गर्छ ।

हुन त योगले पुर्ण रुपमा दुखाई कम त हुँदैन तर नियमित योग गर्नाले तपाईंको दुख्ने अंगमा दिमागको मद्धतले संवेदनशिलता कम गरिदिन्छ जसले तपाईलाई कम दुखाई महसुस हुन्छ ।

मस्तिष्कको  क्षमता बढाउँछ

योगको मद्धतले दिमागको क्षमता बढाउन सकिन्छ । यसले तपाईंको सोच्ने र सम्भिmने क्षमता बढ्छ । मेडिटेसन गर्नाले मस्तिस्कमा ग्रे म्याटर भोलुम बढ्छ जसले मस्तिस्कका कोषहरु बढ्छ । मस्तिस्कको कोषहरु धेरै हुनाले दिमागको क्षमता बढ्छ ।

मानसिक स्वास्थ्य राम्रो बनाउँछ

मानसिक स्वास्थ्य राम्रो भएमा तपाईमा डिप्रेशन, तनावले ग्रसित हुने सम्भावना कम हुन्छ साथै यसले दिमागमा सकरात्मक प्रभाव पार्छ । जसले मानसिक स्वास्थ्य राम्रो हुन्छ ।

प्रतिरक्षा प्रणालीलाई मजबुत बनाउँछ

नियमित योग गर्नाले शरीरमा एन्टिबडीको उत्पादन हुन्छ जसले फ्लु भाइरसबाट लड्न तपाईको मद्धत गर्छ । मेडिटेसनले संक्रमणबाट लड्नमा पनि मद्धत गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?