+
+

चिनियाँ अन्तरिक्ष यात्रीले सलाइ कोरेर अन्तरिक्षमा बाले मैनबत्ती

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १५ गते १३:०२

चिनियाँ अन्तरिक्ष स्टेशन तियाङगोंगमा आगो बालिएको छ । चिनियाँ यान शेनझोउ १६ का अन्तरिक्ष यात्रीहरुले अन्तरिक्ष स्टेशनमा मैनबत्ती बालेक हुन् ।

अन्तरिक्ष यात्री गुई हाइचाओ र झू यांगझूले सेप्टेम्बर २१ मा तियाङगोंग स्पेस स्टेशनबाट हुने लाइभ प्रशारणका क्रममा मैनबत्ती जलाएका हुन् ।

त्यसक्रममा उनीहरुले सूक्ष्म गुरुत्वाकर्षणमा आगोको लप्काले कसरी काम गर्छ भन्ने कुरा देखाएका छन् । भिडियोमा आगोको लप्का पानीको थोपा जस्तै अदृश्य बनेको देखिन्छ ।

तियाङगोंग स्पेस स्टेशनबाट गरिने लाइभ प्रसारण अन्तरिक्ष तथा खगोलसम्बन्धी वैज्ञानिक कक्षा नै हो, जसलाई तियाङगोंग क्लासरुम भनिन्छ ।

पृथ्वीमा मैनबत्ती जलाउँदा आगोको लप्का पैदा हुन्छ । त्यस क्रममा तातो हावामाथि उठ्छ र चिसो हावा तल आउँछ । तर पृथ्वीको तल्लो कक्षको सूक्ष्म गुरुत्वाकर्षणयुक्त वातावरणमा दहनका क्रममा तापीय प्रसार अर्थात् कन्भेक्सन धारा कमजोर हुन्छ । जसका कारण आगोको लप्का सबै दिशातर्फ फैलिन्छ र परिणामस्वरुप आगो गोलाकार देखिन्छ ।

अन्तरिक्ष यात्रीहरुले पूरै चीनका पाँच कक्षाका विद्यार्थीहरुसँग कुराकानी गर्दै सूक्ष्म गुरुत्वाकर्षणका घटना प्रदर्शन गरे । उनका अनुसार अन्तरिक्षमा पृथ्वीको तुलनामा विभिन्न भौतिक क्रियाहरुले फरक ढंगको व्यवहार गर्दछन् ।

चिनियाँ अन्तरिक्ष यात्रीले अन्तरिक्ष स्टेशनमा त्यसरी आगो बाल्नुलाई आश्चर्यजक रुपमा लिइएको छ । किनकि स्पेस स्टेशनमा ज्वलनशील पदार्थ तथा आगोको खुल्ला लप्कासँग सम्बन्धित कडा नियम तय गरिएको छ ।

हाल पृथ्वीको कक्षमा चिनियाँ यानका साथै बहुराष्ट्रिय स्वामित्वको अन्तर्राष्ट्रिय स्पेस स्टेशन पनि छ । अन्तर्राष्ट्रिय स्पेस स्टेशन भन्दा अगाडि भने त्यहाँ रुसको मीर अन्तरिक्ष स्टेशन थियो । उक्त स्टेशनमा सन् १९९७ मा आगो लागेको थियो । सो घटनापछि स्पेस स्टेशनमा आगोसम्बन्धी कडा नियम बनाइयो ।

माइक्रो ग्राभिटीमा आगोसँग सम्बन्धित विभिन्न प्रयोगहरु स्पेस स्टेशनमा भैसकेका छन् । तर त्यहाँ त्यस्तो आगोको सुरक्षाका लागि विशेष रुपमा तयार गरिएका र्याकको प्रयोग गरिन्छ । हुनत चिनियाँ स्पेस स्टेशनमा पनि आगोमाथिको शोधका लागि र्याकहरु बनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?