Comments Add Comment

सातै प्रदेशका मुख्यमन्त्रीको भेला पोखरामा

२० भदौ, पोखरा । सातै प्रदेशका मुख्यमन्त्रीको भेला बिहीबार पोखरामा हुँदैछ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा पोखरामा मुख्यमन्त्रीहरुको पहिलो भेला हुन लागेको हो ।

सातै प्रदेशको अहिलेको अवस्था, खेप्नुपरेका समस्या, ठूला आयोजना, अनुदान लगायतका विषयमा मुख्यमन्त्रीहरुले भेलामा छलफल गर्ने छन् ।

अन्तर प्रदेश परिषदको बैठकको पूर्व सन्ध्यामा पोखरामा हुन लागेको यो भेलालाई महत्वपूर्ण रुपमा लिइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्ष रहेको परिषदको बैठक २४ गतेबस्दैछ । परिषदको बैठकमा सातै प्रदेशका सामूहिक एजेन्डा बनाउन भेलामा छलफल हुने छ ।

अधिकार, प्रादेशिक संरचना, कर्मचारी, आयोजना लगायतका विषयमा संघीय सरकार अनुदार बनेको प्रदेशका मुख्यमन्त्रीहरुले बताइरहेका छन् । प्रदेश सरकारलाई अधिकार दिने विषयमा संघीय सरकारले कन्जुस्याइँ गर्दा बजेट कार्यान्वयनमै समस्या भएको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बाले बताउँदै आएका छन् ।

सातै प्रदेशका मुख्यमन्त्री एक स्वर बनाएर परिषदको बैठकमा प्रस्तुत हुन भेलाले एजेन्डा तयार पार्ने छ । भेलामा भाग लिन ४ जना मुख्यमन्त्री बुधबार नै पोखरा आइसकेका छन् भने २ जना मुख्यमन्त्री बिहीबार बिहानसम्म आइसक्ने छन् ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल पोखरा आइसकेका छन् । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, कणर्ाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र प्रदेश ७ काम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट बिहीबार पोखरा आइपुग्ने छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment