Comments Add Comment

एप्पलपछि अमेजन बन्यो ट्रिलियन डलर कम्पनी

इ कमर्श कम्पनी अमेजन १० खर्ब डलर बजार मूल्य भएको विश्वको दोश्रो कम्पनी बन्न सफल भएको छ ।

१० खर्ब अर्थात् १ ट्रिलियन डलरको कोशेढुंगा पार गर्ने विश्वको पहिलो कम्पनीको रुपमा रहेको एप्पललाई पछ्याउँदै अमेजनले इतिहास रचेको हो ।
पछिल्लो समय तिव्र गतिमा शेयर मूल्यमा बढोत्तरी भैरहेको अमेजनको प्रति शेयर मूल्य २ हजार ५० डलर नाघेसँगै अमेजन कम्पनीको बजार मूल्य १० खर्ब डलर पुगेको हो ।

एप्पलले गत महिना मात्रै यो सफलता हात पारेको थियो ।

स्मरण रहोस् ५० दिनअघि मात्र अमेजनले एकदिनमा १० करोड सामान किनमेलको इतिहास कायम गरेको थियो । वाषिर्क प्राइम डे को दिनमा अमेजनले अनलाइन किनमेलमा नयाँ रेकर्ड कायम गरेको थियो ।

अमेजन प्राइम डेसँगै कम्पनीको सफल प्रडक्टको रुपमा रहेको अमेजन वेब सर्भिस र अमेजन लजिस्टिक्सका कारण अमेजनलाई १० खर्ब डलरको कोशेढुंगा पार गर्न सहज भएको बताइएको छ ।

हार्डवेयरको क्षेत्रमा फायर फोनसँगै स्मार्टफोन व्यवसायमा असफलता हात पारेपनि स्मार्ट एसिस्टेन्ट स्पिकर इकोबाट अमेजनले सफलता प्राप्त गरिरहेको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment