Comments Add Comment

ट्राभल आइडियाजः यसरी बनाउन सकिन्छ यात्रालाई रोमाञ्चक र स्मरणिय 

शहरको कोलाहलपूर्ण वातावरण र अफिसको कामको तनावलाई भुलेर केही दिनको लागि भए पनि प्रकृतिको रस्वादन गर्दै आनन्दले घुम्ने चाहना धेरैलाई हुन्छ ।

नयाँ ठाउँको संस्कृति र भूगोलको जानकारी लिँदै, काम र तनावबाट मुक्त भएर नयाँ नयाँ ठाउँमा घुम्दै प्राकृतिक सुन्दरतासँगै हराउँदा आउने आनन्दलाई शब्दमा वर्णन गर्न सकिँदैन ।

अझै यात्रामा मन मिल्ने साथीहरु वा परिवार साथै भएमा त झनै भ्रमण अविस्मरणीय हुन्छ । घुमफिरले हाम्रो मस्तिस्क मात्रै ताजा हुँदैन शरीरले पनि उर्जा प्राप्त गर्छ ।

तर, कुनै पनि स्थानको यात्रा गर्दा हामीले सहि योजना बनाएनौं भने त्यसले खुसी र आनन्द होइन दुख र झन्झट निम्त्याउन सक्छ ।

त्यसैले तपाई पनि आफ्नो साथीभाई वा परिवासँग रमाइलो यात्रा गर्न चाहनुहुन्छ भने अपनाउनुहोस् यी टिप्सः

भ्रमणको योजना बनाउने

कुनै पनि स्थानमा भ्रमणको लागि जाँदै हुनुहुन्छ भने तपाईंले योजना बनाउन आवश्यक छ । कुन ठाँउमा कुन समय वा कुन मौसममा जान उपयुक्त हुन्छ भन्ने बारेमा ध्यान दिनुपर्छ ।

कति दिनको लागि जाने कति खर्च लाग्छ, यातायात र बस्ने ठाँउको बारेमा पनि पहिले नै निधो गर्नुपर्छ । आफ्नो बजेट अनुसारको गन्तव्य छनौट गर्नुहोस् ।

त्यस्तै कार्यालय, विद्यालय सबैतिर छुट्टी भएको बेलामा पनि पर्यटकिय स्थलमा धेरै भिड हुन्छ । यस्तो असुविधाबाट बच्न छुट्टी हुनसाथ भन्दा दोस्रो हप्तामा पर्यटकिय क्षेत्रमा जाँदा भिड अलि कम हुन्छ ।

होटल र टिकट बुक गर्दा विचार गर्ने

प्रत्येक वर्ष धेरैजसो एयरलाइन्स कम्पनीहरु वा होटलहरुले अफ सिजनको बेलामा टिकटको बुकिङमा राम्रो छुट दिने गर्छन् । यसले पैसाको बचत हुन्छ र तपाइर्ंले थोरै पैसामा घुम्न सक्नुहुन्छ । होलिड सिजनमा भन्दा अफ सिजनमा होटल रुम र एयरटिकटको मुल्यमा धेरै फरक पर्छ ।

होलिडे सिजनको लागि एयर टिकट र होटल रुम लगायत पर्यटकिय स्थानहरुको बुकिङ धेरै पहिले देखि नै सुरु हुन्छ । ढिलो भएमा धेरै पैसाखर्च गरेर पनि राम्रो ठाँउ नपाइन सक्छ ।

सूचनाहरुसँग अपडेट रहने

टिकटमा दिइएको सबै जानकारी ध्यानसँग पढ्नुहोस । कैयौं पटक सानो असावधानीको कारणले मानिसको गाडी वा फ्लाइट मिस हुन सक्छ ।

केही मानिसहरुले राती १२ बजेपछि क्यालेन्डरको डेट बदलिन्छ भन्ने कुरा भुल्छन् जसले समस्या निम्त्याउन सक्छ । त्यसैले सानो सानो कुरामा पनि ख्याल राख्नुपर्छ ।

गन्तव्यको जानकारी

तपाइर्ं जुन स्थानमा जानुहुन्छ त्यहाँको मौसम, सँस्कृति, बस्ने व्यवस्था र खानपानको सुविधाको बारेमा तपाईंलाई पुरा जानकारी हुनुपर्नेछ । यस्तै देशबाहिर जाँदै हुनुहुन्छ भने त्यहाँको भाषा र मुद्रा विनिमयको बारेमा पनि जानकारी हुनुपर्छ ।

कहिल्यै पनि ढिला नगर्ने

घुम्न जाने तयारीमा धेरैले आफ्नो समयको ख्याल गदैनन् जसले ढिलो हुन सक्छ र प्लेन, गाडी छुट्न सक्छ । ट्राफिक जाम जस्तो आकस्मिक समस्याहरुबाट बच्नको लागि सँधै घरबाट अतिरिक्त समय लिएर निस्कन्ुहोस् ।

कम सामान, सुखदयात्रा

प्याकिङ गर्दा तपाईंले ब्याग वा लगेजमा सकेसम्म कम सामान राख्नुहोस् । कपडाको धेरै बोक्नाले ट्राभल ब्यागको तौलबढ्छ । यस समस्याबाट बच्न थोरै कपडा बोक्नुहोस् ।

म्याचिङ कपडा भन्दा पनि सबैमा लगाउन मिल्ने जिन्स राख्नुहोस् जसलाई तपाई कुनै पनि शर्ट वाटिसर्टसँग पहिरिन सक्नुहुन्छ । यसले झोला सानो बनाउँछ ।

अनावश्यक सपिङबाट बच्ने

पर्यटकिय स्थलमा पसलेहरुले पर्यटकहरुसँग मनोमानी रुपमा पैसा असुल्छन् । यसैले अनावश्यक चिजहरु किन्नबाट बच्नुहोस् ।

कसैलाई उपहार दिन कुनै सामान खरिद गर्न परेमा केही यस्ता हल्काफुल्का चिजखरिद गर्नुहोस जसलाई सँगै लैजान कठिनाई नहोस ।

खानपानमा सावधानी

यात्राको समयमा आफूलाई एलर्जी हुने खानेकुराहरु नखानुहोस् । त्यसैगरि अस्वस्थ र चिल्लो पिरो खानेकुराहरु नखानुहोस् । सी फुडसँग पनि धेरै मानिसहरुको यस्तो समस्या हुन्छ ।

यसैले नयाँ ठाँउमा जाँदा पहिलो पटक यस्ता केही पनि नयाँ चीजहरु ट्राई नगर्नुहोस् ।

सूची बनाउने

आवश्यक तयारीको लागि एक सानो सूची बनाउनुहोस जसमा टिकट, क्रेडिटकार्ड, आइडी प्रुफ, पासपोर्ट देखि लिएर कपडा र आवश्यक औषधीहरुको नाम लेख्नुहोस ।

फेरि त्यो सूची अनुसार साथमा लैजाने सामानहरु जाँच गर्नुहोस् । यदि कुनै जरुरी सामानको प्याकिङ छुटेको छ भने त्यसलाई तुरुन्त प्याकगर्नुहोस् । यात्राको समयमा सँधै खुशी र तनाव मुक्तहुनुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment