Comments Add Comment

नाना पाटेकरले आफूमाथि यौन दुव्र्यवहार गरेको तनुश्रीको आरोप

बलिउड अभिनेता नाना पाटेकारलाई धेरैले सम्मान गर्छन् । तर, उनी पनि विवाद मुक्त भने छैनन् । विवाहित र छोराछोरीका बाबु भएर पनि उनले विभिन्न नायिकाहरुसँग अफेयर चलाएका थिए जसमध्ये एक नेपालकी मनिषा कोइराला समेत थिइन् ।

उनै नाना पाटेकरको विषयमा नायिका तनुश्री दत्ताले नयाँ खुलासा गरेकी छिन् । उनले एउटा फिल्मको सुटिङका क्रममा नानाले आफूमाथि यौन दुव्र्यहार गरेको आरोप लगाइन् । ‘सुटिङ सेटमा म डान्स अभ्यास गरिरहेकी थिएँ । नाना आए र मलाई च्याप्प पाखुरामा समातेर आफुतिर टाँसे । त्यसपछि भने कि म तिमीलाई डान्स सिकाउँछु । म डराएँ र कुदेर भ्यानिटी भ्यानमा गएँ । त्यहाँ मेरी आमा हुनुहुन्थ्यो । उहाँलाई मैले सुनाएँ । त्यसपछि आमा र म भएर सुटिङ स्पटमै हंगामा ग¥यौं । पछि नानाले माफी मागे,’ तनुश्रीले सुनाइन् ।

नानाले माफी मागेपछि यो घटनालाई गुपचुप राख्ने सहमति दुई पक्षबीच भएको बताइन् । ‘त्यसपछि मैले नानासँग कहिल्यै काम नगर्ने कसम खाएँ,’ उनले भनिन् । तनुश्रीले धेरै फिल्म खेलेकी छैनन् । तर, बारम्बार विवादमा आउने गर्छिन् । उनी अब बिग बोसको नयाँ सिजनमा देखिदैछिन् । यो सिजनमा उनी आफैं बहिनीसँगै सहभागी हुने भएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment