Comments Add Comment

गुल्मीमा प्रदेश ५ का साहित्यकारको जमघट

भदौ २४ , गुल्मी । गुल्मीमा मोती जयन्तीको अवसरमा प्रदेश ५ का स्रष्टाहरुको जमघट भएको छ । १५३ औं मोती जयन्ती एवं किरण पुस्ताकालय तम्घास गुल्मीको स्वर्ण जयन्तीको अवसरमा आयोजित प्रदेश ५ नम्वर प्रदेशस्तरीय प्रथम पुस्ताकालय सम्मेलनमा जमघट भएको हो ।

सम्मेलका प्रदेश सांसद तथा बिशेष अधिकार समितिका सभापति कमलराज श्रेष्ठले उद्घाटन गरेका हुन । श्रेष्ठले देशभर मै पहिलो पटक प्रदेश स्तरिय स्रष्टाहरुको यस्तो जमघट ऐतिहासिक भएको उनले बताए ।

उनले प्रदेश ५ का कैयौ पुस्ताकालयहरु धरासायी भइरहेको बेला किरण पुस्ताकालय अहिले स्वर्ण जयन्तीको यात्रा पुग्नु निकै प्रशंनीय काम रहेको बताए । कार्यक्रममा प्रदेश नम्बर ५ कै संसद दिनेश पन्थी र खड्ग केसीले पनि गुल्मीमा किरण पुस्ताकालयले खेलेको भूमिकाको प्रशंसा गरेका थिए ।

उनीहरुले यसको बृहत्तर बिकासमा सबैको साथ सहयोग हुनुपर्नेमा जोड दिएका थिए । सोही अवसरमा कविता एवं गजल प्रतियोगिता आयोजना समेत गरिएको थियो । प्रतियोगितामा प्रथम पुरस्कार रविगरमण ज्ञवालीले प्रथम भएका थिए ।

त्यस्तै, द्धितीय र तृतिय पुरुस्कार क्रमश हरिप्रसाद पन्थीले र सन्तावाना पुरस्कार विष्णु काला मगर भएकी थिइन् । कार्यक्रममा अन्य वरिष्ठ स्रष्टाहरुले आ-आफ्ना रचनाहरु वाचन गरेका थिए । सोही अबसरमै किरण पुस्ताकालयमै स्थापना गरिएको स्वर्गिय जानकी ज्ञवाली गौतम पुस्कारबाट साहित्यकार शुभ सेनलाई प्रदान गरिएको थियो ।

०२५ सालमा आफु जस्ता केहि साहित्य प्रेमी र विभिन्न प्रकारका पुस्तक तथा पत्र पत्रिका प्रेमी तम्घास धागीथुमका शशी पन्थीले एसएलसी उतीर्ण गरे पछि किरण पुस्ताकालयको स्थापना गरेका थिए । उनले त्यस पुस्ताकालयमा देशका विभिन्न भागबाट प्रकाशित हुने पत्र पत्रिका समेत पढ्नका लागि उपलब्ध गराउँदै आए ।

उनि आफैले स्थापना गरेको किरण पुस्ताकालय अहिले उनैको पालामा स्वर्ण महोत्सवको संघारमा पाईला टेक्नु सुखद पक्ष रहेको बताए । उनले हाम्रो पुरुषार्ध नामक पत्रिकालाई राष्ट्रिय स्तरकै क वर्गको पत्रिका बनाउन सफल हुँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment