+
+
Shares

रोल्पामा गोली चल्यो, तरूण दलका नेताको हत्या

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ २४ गते १९:४०

२४ भदौ, रोल्पा । सुलीचौरस्थित रेष्टुरेष्टमा आइतबार साँझ गोली चल्दा एक युवकको मृत्यु भएको छ ।

रोल्पा नगरपालिका-२ सिमलबाङका २९ वर्षीय रोहित पुनको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक लिवाङ  नगरसमितिका नेपाल तरुण दलका अध्यक्ष हुन् ।

भर्खरै खुलेको रेष्टप्वाइन्ट रेष्टुरेन्टमा गोली चल्दा पुनको देब्रे छातीमा लागेको थियो । घटना लगतै उनलाई स्वास्थ्य केन्द्र पुर्याउँदा मृत्यु भइसकेको थियो ।

गोली चलाएको आरोपमा रोल्पा नगरपालिका-१० धबाङका देववहादुर घर्तीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनको साथबाट एकथान कटुवा पेस्टोल बरामद भएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसैबीच कांग्रेसले घटनाको भत्र्सना गरेको छ । साथै इलाका प्रहरी कार्यालय सुलिचौरबाट १५ मिटरको दुरीमा घटना हुँदा पनि प्रहरी मुकदर्शक भएको भन्दै कांग्रेसले यस्ता अपराधिक क्रियाकलाप रोक्न र हत्यारालाई कडा भन्दा कडा कार्वाही गर्न नेपाल सरकारसँग जोडदार माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?