+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

बिहेको प्रश्नमा दिपिका किन भइन् क्रोधित ?

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ २५ गते ११:३९

बलिउड अभिनेत्री दिपिका पादुकोण र अभिनेत रणवीर सिंहबीच आउँदो नोभेम्बरमा बिहे हुने पक्का भइसकेको छ । तर, अझै पनि यी दुई विवाहको विषयमा मुख खोल्न चाहिरहेका छैनन् ।

दिपिका हालै एउटा अन्तरक्रिया कार्यक्रममा पुग्दा एक पत्रकारले सोधिहाले, ‘तपाईं र रणवीरको बिहे नोभेम्बरमा हुन लागेको हो ?’ उक्त प्रश्नलाई दिपिकाले सहजरुपमा लिइनन् । उनले सुरुमा असम्वन्धित प्रश्न भन्दै पन्छाइन् । तर, पत्रकारले दोहोर्‍याएर सोधे किनकी उनलाई हेडलाइन चाहिएको थियो । त्यसपछि भने दिपिका आगो भइन् ।

‘कस्तो ठाउँमा के प्रश्न सोध्ने भन्ने कमन सेन्स छैन तपाईंको ?’ उनले भनिन्, ‘यति संवेदनशील मुद्दामा छलफल भइरहेको बेला कहाँबाट आयो मेरो बिहेको कुरा ?’

खासमा त्यो कार्यक्रममा उनी आफ्नो डिप्रेसनसम्वन्धि अनुभव सेयर गर्न पुगेकी थिइन् । डिप्रेसनबाट आफू कसरी बाहिर निस्केँ भन्ने सुनाउँदै गर्दा पत्रकारले असम्वन्धित प्रश्न राखेका थिए । त्यसैले दिपिकाको पारो चढ्नु स्वभाविक थियो ।

दिपिका केही वर्षअघि गम्भीर डिप्रेसनबाट प्रताडित बनेकी थिइन । त्यतिबेलाको अनुभव उनले धेरै ठाउँमा सेयर गरिसकेकी छन् । डिप्रेसनबाट निस्किन आफूलाई ब्याडमिन्टनले सघाएको उनी बताउने गर्छिन् ।

डिप्रेसनबाट बाहिर निस्केपछि दिपिकाले मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्न एउटा एनजीओ पनि खोलेकी छन् । उक्त एनजीओको नाम रहेको छ, लाइफ, लिभ, लाफ । यो एनजीओले खासै केी काम गर्न भने सकेको छैन ।

दिपिका पछिल्लोपटक विवादित फिल्म ‘पद्मावत’ मा देखिएकी थिइन् । हालै उनले एउटा नयाँ हलिउड प्रोजेक्ट साइन गरेको चर्चा चलिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?