Comments Add Comment

‘नेपाली छोरी’ सार्वजनिक

डार्बिन / बिगत केही सालदेखि अस्ट्रेलियाको डार्बिनमा बस्दै आएकी गायिका निशा कंडेलको दोश्रो गीत ‘नेपाली छोरी’ सार्वजनिक भएको छ ।

रास्ट्रिय भावनाले ओतप्रोत उक्त गीतमा संजीव भट्टराईका शब्दहरु छन् भने संगीत संयोजन राहुल प्रधानको छ र गीत संगै सार्वजनिक म्युजिक भिडियोमा गायिका आफैले मोडेलिंग गरेकी छ्न् । भिडियोको निर्देशन नितिन चन्दले गरेका छन् ।

सार्वजनिक भएको २४ घण्टा नबित्दै ६० हजार भन्दा धेरै हेरिएको ‘नेपाली छोरी’ लाई गायिकाको आफ्नै युटुव च्यानल ‘निशा कंडेल’बाट सुन्न र हेर्न सकिन्छ र सो गीतलाई केबीए ग्लोबल एजुकेसन एण्ड माईग्रेसनले सहयोग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment