२५ भदौ, काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले कार्यभार सम्हालेकै भोलिपल्ट भारतीय राजदूतमंजीव सिंह पुरी जंगी अड्डा पुगेका छन् । भेटवार्तामा द्विपक्षिय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयहरुमा छलफल भएको सेनाले जनाएको छ ।
थापाले आइतबार मात्र कार्यभार सम्हालेका थिए ।
यसैबीच प्राड विवाकको ५६ औं बाषिर्क उत्सवको अवसरमा पाँच दिने लिगल सेमिनार तथा अन्तरक्रिया कार्यक्रम सोमबार नै सुरु भएको छ ।
अन्तरक्रिया कार्यक्रममा सबै पृतना हे.क्वा., बाहिनी अड्डाहरुमा कार्यरत प्राड अधिकृत तथा पदिकहरुलाई सहभागी गराई हालै लागु भएको देवानी तथा फौजदारी संहिता र कार्यविधिबारे छलफल हुनेछ ।
सेमिनारमा सहभागी प्राड रथीबृन्द, अधिकृत र पदिकहरुलाई प्रधानसेनापति थापाले निर्देशन दिने कार्यक्रम छ ।
यो पनि पढ्नुस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4