Comments Add Comment

नाडामा हिरो ‘एक्स्ट्रिम २०० आर’ सार्वजनिक

२७ भदौ, काठमाडौं । हिरो मोटोकर्पको नेपालका लागि आधिकारिक बिक्रेता नेपाल जनरल मार्केटिङले नाडा अटो सोमा हिरो एक्स्ट्रिम २०० आर सार्वजनिक गरेको छ।

यसमा १ सय ९९ दशमलब ६ सीसी इन्जिन र एक सिलिन्डर छ। मोटरसाइकलले १८ दशमलब १ बीएचपीमा ८ हजार आरपीएम र १७ दशमलब १ एनएममा ६ हजार ५ टर्क उत्पादन गर्छ। यसले ३९ दशमलब ९ किलोमिटर प्रतिलिटर माइलेज दिनेछ। हिरोको स्पोर्ट सेग्मेन्टको मोटरसाइकलको २ लाख ८७ हजार रुपैयाँ मूल्य हुने कम्पनीले जनाएको छ।

यो मोटरसाईकल नेपाल जनरल मार्केटिङ्गका सबै डिलर कहाँ उपलब्ध हुनेछ।

इन्जिन
एक्स्ट्रिम २०० आरलाई एकदम नयाँ प्रणालीको बी एस आई भी एयर कुल्ड इन्जिनले शक्ति प्रदान गर्छ। ८ हजार आरपिएममा १८ दशमलब ४ पिएसको अधिकतम शक्ति र ६ हजार ५ सय आरपिएमा १७ दशमबल १ एनएमको अधिकतम टर्क उत्पन्न गर्छ। जसले गर्दा हरेक अवस्थामा प्रचुर शक्ति र टर्क प्रदान गर्ने हुन्छ। यो बाइकले ४ दशमलब ६ सेकेण्डमा ६० किलोमिटर प्रतिघण्टाको दौड गर्न सक्छ। यसको गति प्रतिघण्टा १ सय १४ किलोमिटरसम्म पुग्ने कम्पनीले जनाएको छ।

फ्रेम र एर्गोनोमिक्स

एक्स्ट्रिम २०० आरमा हलुकावजनको तर दरिलोखालको फ्रेम प्रयोग गरिएको छ। जसले उच्च गतिमा अत्याधिक स्थिरता कायम राख्न र कठिन मोडहरुमा मोटरसाइकल सम्हाल्न सहजता प्रदान गर्छ। अत्यन्त निपूर्ण तरिकाले एर्गोनोमिक्स सहित तयार पारिएका ह्याण्डलबार, सिट र गोडा राख्ने ठाउँबीचको त्रिभुजले सही सन्तुलन प्रदान गर्छ।

डिजाइन र स्टाइल
एक्स्ट्रिम २०० आरको बनावट र महात्वाकांक्षी स्टाइल यस्तो छ कि सबैलाई आफ्नो टाउको फर्काएर हेर्न बाध्य बनाउँछ।

चिटिक्क बनोटको फ्यूल ट्यांङ्क, स्पोटी हेडलाइटसहितको आँखी भौं आकारको एलइडी, पाइलट लाइट, टईल्याम्प र स्पोर्टी डिजिटल– एनलग सूचना प्यानेल र आकर्षक डोयल टोन ग्राफिकसले मोटरसाइकलको अलौंकिक आकर्षणलाई अझै राम्रो बनाएको छ। प्यान्थर, ब्लाक उईथ फोर्स सिल्भर, टेक्नो ब्यू, ब्याक उईथ स्पोर्ट रेड र स्पोर्ट रेडका रङ्गहरुमा एक्स्ट्रिम २०० आर उपलब्ध छ।

थप नियन्त्रण र सुरक्षण
एक्स्ट्रिम २०० आर मोटरसाइकलमा सुरक्षणका खास विशेषताहरु जस्तै २ सय ७६ मिलिमिटरको अगाडि डिस्क र २ सय २० मिलिमिटरको पछाडि डिस्क ब्रेकहरु र स्तरीय एबिएस प्रविधि विद्यमान छन्।

३७ मिलिमिटरको फराकिलो अगाडिको फोर्कले नियन्त्रण कायम राख्ने सुनिश्चितता दिन्छ भने ७ तहको मोनो– शक सस्पेन्सन प्रविधिले स्टाइलको आकर्षण अझ बढाउँदै घुम्तीहरुमा स्थिरता एवं हँकाईमा सर्वोत्कृष्टता प्रदान गर्दछ।

१७ इन्च, १३०.७० चौडाइको रियल रेडियल टायरमा भएको ट्रेड पाटर्नले सडकको पकड, मोडमा भरपर्दो हुने र सबैजसो अवस्थाहरुमा ब्रेकको दरो नियन्त्रणलाई सुनिश्चित गर्दछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment