Comments Add Comment

प्रदेश ७ का १२ सांसदले बुझाएनन् सम्पत्ति बिबरण

२७ भदौ, कैलाली । प्रदेश ७ का ३३ जना प्रदेश सांसदहरुले सम्पत्ति बिबरण बुझाएका छन् ।

प्रत्यक्ष र समानुपातिक गरी ५३ प्रदेशसभा सदस्यमध्ये ७ जना मन्त्री र एकजना सभामुख छन । ७ जना मन्त्रीहरुले सम्पति बिवरण बुझाइसके पनि प्रदेशसभा सदस्यहरुले भने अहिलेसम्म सम्पत्ति विवरण बुझाएका छैनन् ।

प्रदेश ७ मा रहेका ४५ जना प्रदेशसभा सदस्यमध्ये हालसम्म ३३ जनाले आफ्नो सम्पत्ति बिवरण बुझाएको प्रदेशसभा सचिवालयका सचिव बलराम शर्माले जानकारी दिए ।

उनले संघीय सरकारकै नियम अनुसार प्रदेशका कर्मचारी तथा सांसदहरुले सरकारलाई आफ्नो सम्पति बिवरण बुझाउनु पर्ने प्रावधान रहेकाले सम्पत्ति बिवरण माग गरेको बताए ।

तोकिएको म्याद सकिन अब २ दिन बाँकी रहँदा १२ जना प्रदेशसभा सदस्यले बिवरण नबुझाएको उनले बताए ।

तोकिएको समय सिमा भित्र सांसद तथा अन्य कर्मचारीले सम्पति बिवरण नबुझाएमा ५ हजार रुपयाँसम्म जरिवाना लगाइने प्रावधान रहेको प्रदेशसभा सचिवालयका सचिव शर्माले बताए ।

उनले प्रदेशसभा सदस्यहरुलाई सम्पति विवरण बुझाउन पटक-पटक जानकारी गराइएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment