+
+
Shares

एमाले महाधिवेशन : मतदान केन्द्र प्रवेशको समय २ घण्टा थपियो 

नेकपा एमालेको महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि जारी मतदानको समय थप गरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २ गते २०:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेको महाधिवेशनअन्तर्गत मतदान केन्द्र प्रवेशको समय साँझ ८ बजेदेखि राति १० बजेसम्म थप गरिएको छ।
  • महासचिव शंकर पोखरेलले मतदान प्रक्रिया सुरु समयमै नहुँदा र विद्युतीय मेसिनमा पदाधिकारी अभ्यस्त नहुँदा समय सारिएको बताए ।
  • एमालेको नयाँ नेतृत्वका लागि केपी ओली र ईश्वर पोखरेल प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा छन्।

२ पुस, काठमाडौँ । नेकपा एमालेको महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि जारी मतदान केन्द्र प्रवेशको समय थप गरिएको छ । महासचिव शंकर पोखरेलले यसअघि साँझ ८ बजेसम्मका लागि तय भएको समय थप गरेर राति १० बजेसम्मका लागि मतदानको समय तोकिएको हो ।

एमालेको निर्वाचन कार्यतालिका अनुसार साँझ ५ बजेसम्म मतदान गर्ने भनिएको थियो । मतदानको प्रक्रिया सुरु समयमै नहुँदा, मतदानका लागि विद्युतीय मेसिनमा पदाधिकारी अभ्यस्त नहुँदा समय सारिएको पोखरेलको भनाइ छ ।

‘मतदानको लागि मतदान केन्द्रमा प्रवेशको समय १० बजेसम्म थप भएको छ,’ उनले भने, ‘सहभागीका लागि कुपनको व्यवस्थासमेत गरिएको छ । कुपन लिएर मतदानको अधिकार समयमै सुरक्षित गरौँ ।’

एमालेको नयाँ नेतृत्वका लागि केपी ओली र ईश्वर पोखरेल प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?