+
+
Shares

एमाले महाधिवेशन : अहिलेसम्म खस्यो ११ सय मत

नेकपा एमालेको ११औँ महाधिवेशनमा नेतृत्व चयनका लागि जारी मतदानमा ११ सय मत खसेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २ गते १९:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेको ११औँ महाधिवेशनमा बुधबार बिहान सवा ९ बजेदेखि साँझ ७ बजेसम्म ११ सय प्रतिनिधिले मतदान गरिसकेका छन्।
  • एमाले महाधिवेशनमा २ हजार २ सय ६३ जना प्रतिनिधि छन् र नयाँ नेतृत्वका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल प्रतिस्पर्धामा छन्।
  • निर्वाचन आयोगले विद्युतीय मेसिनबाट भोट हाल्न ९ मिनेटदेखि २ घण्टा ४ मिनेटसम्म समय लागेको जनाएको छ।

२ पुस,काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनमा नेतृत्व चयनका लागि जारी मतदानमा ११ सय मत खसेको छ । रामलक्ष्मण भोटिङ मेसिनबाट बुधबार बिहान सवा ९ बजेदेखि सुरु भएको मतदानमा ११ सय प्रतिनिधिले मतदान गरिसकेको निर्वाचन आयोगका सचिव कुन्साङ लामाले जानकारी दिए ।

साँझ ७ बजेसम्म ११ सय प्रतिनिधिले मतदान गरेको उनको भनाइ छ । एमाले महाधिवेशनमा २ हजार २ सय ६३ जना प्रतिनिधि छन् । एमालेको नयाँ नेतृत्वका लागि हालका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् ।

निर्वाचन आयोगले विद्युतीय मेसिनबाट भोट हाल्न ९ मिनेटदेखि २ घण्टा ४ मिनेटसम्म समय लागेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?