+
+
Shares

कांग्रेसको क्रियाशील सदस्यता विवाद भएका जमसम्पर्क समितिमा सिधै केन्द्रले हेर्ने

बैठकले क्यानडा योगेन्द्र चौधरी, बेलायत सीता गुरुङ र अस्ट्रेलिया रसाइलीले हेर्ने निर्णय गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २ गते १९:०८
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कांग्रेसको जनसम्पर्क समितिमा भएको क्रियाशील सदस्यतासम्बन्धी विवाद केन्द्रले हेर्ने निर्णय गरेको छ।
  • क्यानडा, बेलायत र अस्ट्रेलियाको सदस्यता विवाद केन्द्रले सहजीकरण गर्ने निर्णय भएको छ।
  • नयाँ क्रियाशील सदस्यताको क्रमसंख्यासहितको फारम पठाउन थालिएको र जिल्लामा टुंग्याएर मात्र स्वीकृति दिने निर्देशन दिइएको छ।

२ पुस , काठमाडौँ । कांग्रेसको जनसम्पर्क समितिमा भएको क्रियाशील सदस्यतासम्बन्धी विवाद सिधै केन्द्रले हेर्ने भएको छ ।

क्रियाशील सदस्यता व्यवस्थापन समितिको बुधबार बसेको बैठकले धेरै विवाद भएका क्यानडा, बेलायत र अस्ट्रेलियाको विवाद केन्द्रले नै हेर्ने निर्णय गरेको सदस्य प्रकाश रसाइली ‘स्नेही’ले अनलाइनखबरलाई जानकारी दिए ।

‘सदस्यतासम्बन्धी समस्या क्यानडा, अस्ट्रेलिया र बेलायतको जनसम्पर्क समितिमा धेरै भयो। यसलाई केन्द्रीय सदस्यता व्यवस्थान समितिले नै सहजीकरण गर्ने निर्णय आजको बैठकले गरेको छ,’ उनले भने ।

बैठकले क्यानडा योगेन्द्र चौधरी, बेलायत सीता गुरुङ र अस्ट्रेलिया रसाइलीले हेर्ने निर्णय गरेको छ ।

त्यस्तै उनले नयाँ क्रियाशील सदस्यताको क्रमसंख्यासहितको फारम पनि पठाउन थालिएको बताए । यसअघि क्रमसंख्या नभएका फारम जिल्लामा पठाएपछि विवाद भएपछि त्यसलाई स्थगित गरेर नयाँ फारम पठाइएको हो ।

रसाइलीले क्रियाशीलको विषयलाई वडा, पालिकासहित सबैलाई जिल्लामै टुंग्याएर पठाउन निर्देशन दिइएको पनि बताए । यी विषयमा जिल्लामा नटुंगिँदासम्म केन्द्रले स्वीकृत नगर्ने विषयमा पनि छलफल भएको उनको भनाइ थियो ।

क्रियाशील सदस्यता नयाँ र पुरानोको विवरण प्रवृष्ट गर्ने काम सुरु भएको उनको भनाइ छ । त्यसका लागि जनशक्ति थपेर काम गर्न लागिएको रसाइलीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?