News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसमा एकभन्दा बढी क्षेत्रबाट प्रत्यक्षतर्फ सिफारिस हुने नेताहरूको संख्या बढ्दै गएको छ।
- महामन्त्री गगनकुमार थापालाई सबैभन्दा बढी पाँच जिल्लाबाट नाम सिफारिस गरिएको छ।
- सहमहामन्त्री किशोरसिंह राठौरलाई बर्दिया-२ र अमरसिंह पुनलाई रोल्पाले प्रत्यक्षतर्फको उम्मेदवारका लागि सिफारिस गरेका छन्।
२ पुस, काठमाडौं । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेसमा एकभन्दा बढी क्षेत्रबाट प्रत्यक्षतर्फ सिफारिस हुने नेताहरूको संख्या बढ्दै गएको छ ।
कांग्रेस बाँके-३ को क्षेत्रीय कार्यसमितिले सहमहामन्त्री किशोरसिंह राठौर र लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनको नाम प्रत्यक्षतर्फको उम्मेदवारका लागि सिफारिस गरेको छ ।
सहमहामन्त्री राठौरलाई बर्दिया-२ को क्षेत्रीय कार्यसमिति र सभापति पुनलाई जिल्ला कार्यसमिति रोल्पाले यसअघि नै उम्मेदवारका लागि सिफारिस गरिसकेका थिए ।
कांग्रेसबाट सबैभन्दा बढी ५ जिल्लाबाट नाम सिफारिस गरिनेमा महामन्त्री गगनकुमार थापा रहेका छन् । उपसभापति धनराज गुरूङलाई स्याङ्जाका दुवै निर्वाचन क्षेत्रका लागि स्थानीय क्षेत्रीय समितिले सिफारिस गरेका थिए ।
यस्तै पूर्वपराराष्ट्रमन्त्री डा. आरजु राणा देउवा कैलालाी-५ र बर्दिया-२ तथा सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायर कैलाली-४ र डोटीबाट प्रत्यक्षतर्फको उम्मेदवारमा सिफारिस भएका थिए ।
बाँके–३ को क्षेत्रीय कार्यसमितिले सहहामन्त्री राठौर र प्रदेश सभापति पुनसँगै अन्य आठ जनाको नाम प्रत्यक्षतर्फको उम्मेदवारका आकांक्षीका रूपमा सिफारिस गरेको छ ।
प्रतिक्रिया 4