+
+
Shares

देउवा र शेखरबीच भेटवार्ता, क्रमसंख्या उल्लेख नभएको फारमबारे छलफल

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १ गते १३:१८
फाइल तस्वीर

१ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।

क्रियाशील सदस्यता व्यवस्थापन समितिले क्रमसंख्या उल्लेख नभएको फारम जिल्ला-जिल्ला पठाएको घट्ना र केन्द्रीय अनुशासन समितिले गरेको कारबाही सिफारिस फुकुवा लगायत विषयमा कुरा गर्न नेता कोइराला केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाललाई लिएर सभापति देउवा भेट्न पुगेका हुन् ।

भेटमा कोइरालाले क्रियाशील सदस्य वितरण समितिले नम्बर विनाका फारम जिल्ला-जिल्ला पठाएको र यसले पार्टीभित्र देशैभिर जटिल समस्या उत्पन्न सिर्जना गरेको देउवा सामु बताए ।

कोइरालाले विना नम्बरका ती फारम तत्काल फिर्ता गरी नयाँ फारम पठाउँन निर्देशन दिन देउवालाई आग्रह गरे । कोइरालाले ती विना नम्बरका फारमका आधारमा महाधिवेशन प्रक्रिया सुरु हुनै नसक्ने तर्क राखे ।

अनुशासन कारबाहीका सम्बन्धमा देउवाको ध्यानाकर्षण गराउँदै कोइरालाले सबैको कारबाही फुकुवा गरी पार्टी महाधिवेशन र आम निर्वाचनमा खटिन निर्देशन दिनुपर्ने धारणा राखे ।

२०७९ सालको निर्वाचनमा गठबन्धन गर्ने विषयमा भएका कुरालाई लिएर अहिले कारबाही गर्न नहुने कोइरालाको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?