Comments Add Comment

खाद्य संस्थानले २ हजार खसीबोका र च्याङ्ग्रा काठमाडौं ल्याउने

२८ भदौ, काठमाडौं । दशैंलाई लक्षित गरेर नेपाल खाद्य संस्थानले यस वर्ष विगतको भन्दा बढी संख्यामा २ हजार खसीबोका र च्याङ्ग्रा काठमाडौं ल्याउने भएको छ । हरेक वर्ष दशैंमा उपभोक्तालाई सहुलियत दरमा खसीबोका उपलब्ध गराउँदै आएको संस्थानले यस वर्ष २ हजार खसी बोका च्याङ्ग्रा ल्याउँदैछ ।

यस वर्ष दाङ र हैटौंडमा खासी बोका संकल गरिनेछ । भने मुस्ताङबीच च्यांग्रा लाइनेछ । यसका लागि ३ करोड ४९ लाख बजेट छुट्याइएको खाद्य संस्थानमा प्रवक्ता शंकर सापकोटाले अनलाइनखबरलाई जानकारी दिए ।

बजारमा कृत्रिम अभाव सिर्जना गरी मासुको मूल्य बढाउन सक्रिय बिचौलियालाई निरुत्साहित गर्न दसैंमा सहुलियत मूल्यमा खसीबोका बिक्री गर्ने गरिएको संस्थानले जनाएको छ ।

संस्थानले घटस्थापनाको दिनदेखि उपत्यकामा खसीबोका बिक्री वितरण गर्छ । यस वर्षको घटस्थापना असोज २४ गते परेको छ । खसीबोका र च्यांग्रा संकलन सकेर काठमाडौं ल्याएपछि मूल्य तोकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment