२८ भदौ, विराटनगर / मोरङको सुन्दर हरैचा-११ की एक महिलालाई अपहरण गरी बन्धक बनाएको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय इटहरीले अपहरण गरी बन्दधक बनाएको आरोपमा मोरङ सुन्दर हरैचा नगरपालिका-१ का ३८ वर्षीय मोहन पोखरेललाई नियन्त्रणमा लिएको हो । पोखरेलले मंगलबार २८ वर्षीया घिमिरे थरकी युवतीलाई अपहरण गरी मोरङको बवियाविर्ता पुर्याएर बन्धक बनाएर राखेको अारोप छ । ती महिला पोखरेलसँग सार्वजनिक बसमा चढेर गएकी थिइन् ।
इटहरीमा केही समयको बसाईपछि पोखरेलले युवतीलाई रिजर्ब गरेको भेनमा राखेर बबियाविर्तासम्म पुर्याएको खबर आएपछि प्रहरीले महिलालाई उद्दार गरेको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक बुद्धिमान चौलागाइले जानकारी दिए । ‘ खनारबाट सँगै आएर इटहरीमा केही समय बसेर गाडी रिर्जब गरेर बबियाविर्ता पूर्याएको देखिन्छ,’ उनले भने, ‘बबियाविर्तामा पुगेपछि बन्धक थाहा पाएपछि महिलाले साथीलाई खबर गरेको देखिन्छ ।’
प्रारम्भिक अनुसन्धानका पोखरेल र ती महिला बीच पुरानै चिनजान रहेको खुलेको छ । पहिलदेखि नै सामान्य चिनजान भएका पोखरेल महिला बीच लेनदेनको बिवाव भएको हुन सक्ने बताइएको छ ।
प्रारम्भिक बयानका क्रममा पोखरेलले पनि लेनदेनकै बिववाद भएको बताएका थिए ।
प्रहरी निरीक्षक चौलागाईले बुधवार बबियाविर्ताबाट अपहरणमा परेकी महिलाको उद्दार गरी पोखरेललाई पक्राउ गरेको जानकारी दिए । अनुमति बिना बन्दक बनाइ लगेका कारण अपहरण तथा शरीर बन्धक मुद्दामा म्याद थप गरी अनुसन्धान प्रकृया अघि बढाउने बताइएको छ ।
प्रतिक्रिया 4