1. ताजा अपडेट
Comments Add Comment
asmi
२०७५ असोज १ गते १६:२४
Bos sisters, Meyar ko chhora sab ko photo sarbajanik gariyos taki sab Nepali le bato ma dekhda pani thu thu gardae hidun. ab sajay dine palo janata ko sarkar le kehi gardaen.
Rabina Bhatta
२०७५ भदौ २९ गते १३:३१
Ghor kaliyug aayeko dekhiyo yespali... Jata tatai anyayi le satta sambhalna pugeko jasto dekhidai chha... Yo sarkar le janatalai nyaya dina sakdaina, chahadaina bhanne kura ta Bal Krishna Dhungel lai mafi dida nai thaha bhai sakyo... Janata lai kar mathi kar thoparera aafno antim karya kaal ramrari chalaune bichar gare jasto chha... Pachhi tehi paisa bitanda machchauna prayog garne holan...
Rabina Bhatta
२०७५ भदौ २९ गते १३:२१
Ghor kaliyug aayeko dekhiyo... Jata tatai anyayi le satta sambhalna pugeko jasto dekhidai chha... Yo sarkar le janatalai nyaya dina sakdaina, chahadaina bhanne kura ta Bal Krishna Dhungel lai mafi dida nai thaha bhai sakyo... Janata lai kar mathi kar thoparera aafno antim karya kaal ramrari chalaune bichar gare jasto chha... Pachhi tehi paisa bitanda machchauna prayog garne holan...
rithe nepali
२०७५ भदौ २९ गते १२:५३
निर्मला पन्तको हत्या कसले गरयो भन्ने कुराको मुल रहस्य बम दिदीबहिनीमा नै लुकेको देखिन्छ चाहे बलत्कार र हत्या जो कोहीले गरोस ।
Red Wang
२०७५ भदौ २९ गते ८:०६
Nepalese civilians are insecure in own country and government is unable to provide the security to the countryman. Security is the most basic requirement and most basic right of the civilians and government is unable to restore the security of the civilians. To this point, shame on government capability and security. Because of Media, whole world is aware of Nepalese situation and tourists do not like to visit Nepal because it put questions on our civilizations, culture and behavior. If a country is engaging in violence, rape, and murder then the country impair its image and growth. Government needs to provide security to the citizens. We can prevent crimes by two ways. 1. aware of religion which is the most basic things to give the shape to society and also very basic things to prevent the crimes. 2. Record keeping, keep the data of all civilians so that police can monitor the civilians and prevent the crimes. As a country crime is not a good things, crimes can interpret as the country situations, country poverty, country mentality and country uselessness. So government needs to analyze the root cause of crimes and needs to provide the security to civilians. Our country is a poor and poverty is a disease
Sumar
२०७५ भदौ २८ गते २१:५१
यो हुरमत लिने भनेको के रै छ ?सिलगुढी तिरको भाषा हो कि बुझिएन
D.B. Khatri
२०७५ भदौ २८ गते २०:२६
Yo padhnus Dinesh ji Ramrosanga aakha kholera : किन चित्त दुखाए निर्मलाका बाबुआमाले ? निर्मलाका बुबा यज्ञराजका अनुसार आन्दोलनका क्रममा निर्मलाको शव मेयरको आगनमा लगिएको थिएन । प्रधानमन्त्री स्वयंले झुटो बोलेकोमा निर्मलाका बाबुको दुखेसो छ । बम दिदीबिहनीमाथि छानबिन हुनुपर्छ भन्ने माग मात्र आफूहरुको भएको उनले बताए । तर, प्रधानमन्त्री स्वयंले ‘तिनीहरु अविवाहित छन्, उनीहरु पनि इज्जत छ । समाज सभ्य हुनुपर्छ’ भनेको भन्दै निर्मलाका बाबु यज्ञराजले रुँदै भने, ‘दोषी यिनी हुन् भनेर हामीले कहिल्यै भनेका छैनौं । उनीहरु निर्दोष छन्, साइकल त्यहाँ भेटिएको छ भनेर प्रमाणहरु मेटाउने काम भयो ।’
Indra tm
२०७५ भदौ २८ गते १८:३५
Afno chhoriko suraxa Ra ramro guide nagarne Babu ama mukhya dosi Hun.
RAMESH
२०७५ भदौ २८ गते १७:३५
SABAIBHANDA SOSAK,PAPI,RA DAMNKARIKO LEADER KP OLI BHAIRAKHEKA CHHAN.LEADER PANI TESTAI DHUPAUREHARUTA JHHHAN DINMAI ANAITIK KAAM GARNE,DALAL,BHU MAFIYA,CHANDA ASULNE...YESTO MA INIHARUBATA SAMBRIDHHA DESH KO ASH NAGARAU.AAFNO GHARMA LASH PARDAKO PIDA KP LAI THA NAHOLA.DHIKKAR.
Rabinsabin
२०७५ भदौ २८ गते १७:२१
आफ्नो छोराछोरी भए पो थाहा हुन्छ छोराछोरी गुमाउनुको पीडा।
unanamious
२०७५ भदौ २८ गते १७:१४
Nepal is becoming india day after day..a country where no one respect a women or a girl shame on u Nepal govt. I personally blame all those people who voted for this hideous govt.
nepai janta
२०७५ भदौ २८ गते १७:०८
oli ko pani dna test garnuparo sarkar....................................................................................k thaha yo pani mileko xa ki..............................
angry man
२०७५ भदौ २८ गते १७:०१
PM oli must clarify his statement..............he himself seems doing the political favor for the persons involved in incident ???
सकुनी पनि लजायो
२०७५ भदौ २८ गते १६:३५
एउटा पिडित बाबु आमा र समाजलाई नै पिडा, आक्रोस दिने घटनामा देशका प्रधानमन्त्रीले नकारात्मक टिका टिप्पणी गर्नु वहाको पदलाई नसुहाउने काम हो यो । होला एमाले उर्फ नेकपाका केहि निर्दोष कार्यकर्ता, नेतामाथि नै कसैले जबर्जस्ति दोष र आक्षेप लगाउन सक्छ तर हामी सबै समम्यमित भई यो घटानालाइ चाडो भन्दा चाडो किनारालाइ दोषीलाइ कठघरामा ल्याउन सहयोग गर्नु पर्नेमा देशका प्रधानमन्त्री नै उत्तेजित भई "ओभर रियाक्ट " गर्नु र राजनीति संग जोड्नु भनेको सारै दुखलाग्दो र लाज मर्दो कुरा हो यो ।पहिले कामरेड श्री भिम रावल सर ले पनि नकारात्मक टिप्पणी गर्दा कत्रो जान आक्रोस देखियो । ए बाबा एमाले उर्फ एमाले मित्रहरु हो यो घटनाले तपाइको २/३ को सरकार ढल्दैन, तपाइँहरुले खाई पाई आएको खोसिदैन तर अलि उच्छ मर्यादा र सलालिनता राखून कामरेड हो किन जथाभाभी बोल्दै हिड्नु - खाली राजनति त् कस्सैले गर्दैन त् हो - अति सारो उरेन्ठेउला भएका हुन् कामरेड हरु ।
अमिर रत्‍न महर्जन
२०७५ भदौ २८ गते १६:२७
जताततै हत्या, हिंसाको खवर मात्र छ के हो नेकपा सरकार ।
पुरन बहादुर राना
२०७५ भदौ २८ गते १६:२२
माथिको "यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?" भन्ने ईमोजीमा ब्यक्त भएका प्रतिक्रिया ओलीले देखे भने "यी सबै प्रतिपक्षी र प्रगति देख्न नचाहाने, रेल र जहाज ल्याउन नदिने षडयन्त्रकारीहरुले ब्यक्त गरेका अभिव्यक्ति हुन्", भन्न बेर लाउन्नन होला है ? हैट, उन्मात !
Avas Upadhyay
२०७५ भदौ २८ गते १६:२२
निर्मलाका बाबुले रुँदै भने- प्रधानमन्त्रीले बबितालाई तगडा बनाइदिनुभो। Kanchanpur yo घटना lai Communist Party ko Government le dherai halka rup ma liyeko jasto bujhidai xa. Yo घटना K.P. Oli ra Prachanda lai aaudo election ma dherai EXPENSIVE parna sakxa.
Kusan Sharma
२०७५ भदौ २८ गते १६:१३
मैले जस्तै तिमी(निर्मलाकि आमा)ले पनि, आफ्नी 'छोरि'का बारे केके सपना देखेकी हुँदी हौ, ती छोरिको आफ्नै चाहना,लक्ष र 'रहर'बारे त के कुरा गर्नु र, एक झड्कामा पापीहरु, हाम्रा जीबनहरुमा आगो झोस्न सफल हुन्छन, राज्यले आफै गरिदिनु पर्ने काम(जनतालाई न्याय दिने) पनि, अथाहा पीडाका माझ तिमि 'भीख' झैँ माग्दै(छोरीका लागि न्याय),घरि यता चाहरछेउ,घरि उता दौडीन्छेउ, मैले आफ्ना छोरि,हामीले हाम्रा छोरिहरु रक्षा गर्न पनि, हे आमा,हे बाबा,तिमिहरुले न्याय पाउनैपर्छ l
Dinesh
२०७५ भदौ २८ गते १६:१०
प्रधानमन्त्रीले केहि नराम्रो भनेको त रहेनछ , प्रधानमन्त्री ले बबिता लाई तगडा बनाए कसरि भन्न सकिन्छ ?

निर्मलाका बुबाले रुँदै भने- प्रधानमन्त्रीले बबितालाई तगडा बनाइदिनुभो

२८ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नै शंकाको घेरामा रहेकी बम दिदीबहिनीको पक्षमा अभिव्यक्ति दिएको भन्दै निर्मला पन्तका आमाबुबाले चित्त दुखाएका छन् ।

साउन १० गते साथी रोशनी बम कहाँ गएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा भोलिपल्ट विहान उखुबारीमा शव भेटिएको थियो ।

कञ्चनपुरबासीले आन्दोलन गरेपछि छानबिन समिति त बनेको छ तर, हत्यामा संलग्नहरुको अत्तोपत्तो छैन । हत्यामा संलग्नहरुलाई पक्राउ गरी कारबाहीको माग गर्दै पन्तका बाबु यज्ञराज र आमा दुर्गादेवी केही दिनदेखि काठमाडौंमा छन् ।

बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा निर्मलाका बाबु यज्ञराजले प्रहरीको साथ नपाएको गुनासो गरे ।

आफ्नी छोरीको साइकल भेटियो भन्नासाथ बबिताले ‘साइकल भेटियो भने शव पनि भेटिन्छ होला’ भनेको भन्दै उनले भने, ‘हत्या भएको उसलाई कसरी थाहा भयो ?’

बम दिदीबहिनी शंकाको घेरामा रहेको तर, सरकारले उनीहरुलाई सपोर्ट गरेको उनको गुनासो छ । उनले गहभरी आँसु पार्दै भने, ‘यति प्रमाण हुँदाहुँदै सरकारले उल्टै बबितालाई सपोर्ट गर्दैछ । प्रधानमन्त्रीले तगडा बनाइदिएका छन् ।’

के भनेका थिए प्रधानमन्त्रीले ?

अघिल्लो बुधबार ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रममा प्रधानमन्त्री ओलीलाई कञ्चनपुर घटनाबारे सोधिएको थियो ।

जवाफमा प्रधानमन्त्रीले समाजलाई विकृतितर्फ लैजाने संगठित प्रयास भइरहेको बताएका थिए । घटनाप्रति सरकारको ध्यानाकर्षण भएको र सरकारले एसपी, सीडीओलाई फिर्ता बोलाएर अर्को उच्चस्तरीय छानबिन समिति बनाएको बताए । ‘तर, छानबिनलाई यसो हुनुहुँदैन । यसो हुनुपर्छ, यसै निश्कर्ष आउनुपर्छ भनेपछि छानबिन कसरी हुन्छ ? यसभित्र कुनै राजनीति मिसाइनु हुँदैन’ उनले भने ।

राजनीति मिसिएको छ ? भन्ने प्रश्नमा उनले भने, ‘म यति भन्छु कि राजनीति मिसाइनु हुँदैन ।’

उनले अघि भने, ‘पोष्टमार्टम गरेर घरमा लगेको शव घरबाट उठाएर मेयरको घरमा पुर्‍याउनुपर्ने । यो के भएको ? परिवारले त शतगद गर्न पो लैजाँदै थियो । उनीहरुबाट खोसेर मेयरको आँगनमा लास लानु भनेको के हो ?’

उनले निर्मलाली साथी रोशनी बम र उनकी दिदी बबिता बमको हुर्मत लिने काम भएको भन्दै आपत्तिसमेत जनाए । यदि उनीहरु दोषी भए कारबाही गर्ने भन्दै ओलीले भने, ‘तर, कारबाही गर्नुभन्दा अगाडि केके भनिएको छ ? समाजले केके गरेको छ ? यस्तो गर्नुहुन्छ ?’

‘तिनीहरु दोषी हुन् कि होइनन् छानबिन गर्नुपर्छ । उनीहरु पनि अविवाहित महिला हुन्, तिनका पनि जीवन होला, तिनका पनि सपना होला । तिनको पनि इज्जत छ । यसो गर्थे, उस्तो गर्थे, झुट र अनुचित कुरा उचालेर हुर्मत लिने ? छिमेकी मन नपर्न सक्छ, कुनै पार्टीलाई भोट देलान् । यस्ता कुरा ल्याउनमिल्छ ?’

बम दिदीबहिनीमाथि क्रुर आक्रमण भएको प्रधानमन्त्री ओलीको दाबी थियो । घटनापछि प्रहरी प्रशासनले छानबिन गरिरहेको बेला आन्दोलन उठेको र हुलदंगा मच्चिएको र सरकारले अर्को छानबिन समिति बनाएपछि पनि यस्तो निश्कर्ष आउनुपर्छ भनेर काम गर्न नदिएको प्रधानमन्त्री ओलीको आरोप थियो ।

किन चित्त दुखाए निर्मलाका बाबुआमाले ?

निर्मलाका बुबा यज्ञराजका अनुसार आन्दोलनका क्रममा निर्मलाको शव मेयरको आगनमा लगिएको थिएन । प्रधानमन्त्री स्वयंले झुटो बोलेकोमा निर्मलाका बाबुको दुखेसो छ ।

बम दिदीबिहनीमाथि छानबिन हुनुपर्छ भन्ने माग मात्र आफूहरुको भएको उनले बताए । तर, प्रधानमन्त्री स्वयंले ‘तिनीहरु अविवाहित छन्, उनीहरु पनि इज्जत छ । समाज सभ्य हुनुपर्छ’ भनेको भन्दै निर्मलाका बाबु यज्ञराजले रुँदै भने, ‘दोषी यिनी हुन् भनेर हामीले कहिल्यै भनेका छैनौं । उनीहरु निर्दोष छन्, साइकल त्यहाँ भेटिएको छ भनेर प्रमाणहरु मेटाउने काम भयो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

1%

खुसी

17%

दुःखी

3%

अचम्मित

1%

उत्साहित

78%

आक्रोशित

ट्रेन्डिङ

Advertisment