Comments Add Comment

अस्ट्रेलियामा गरिमाले बढाइन् गरिमा

सिड्नी / अस्ट्रेलियामा हुर्किरहेका दोश्रो पुस्ताका नेपाली बालबालिकाहरु उच्चमाध्यामिक विद्यालयस्तरका प्रतिस्परधाहरुमा अब्बल देखिएका छन् ।

न्यु साउथ वेल्स राज्यको गैरसरकारी स्कूल तारा इन्गलिकन स्कूल नर्थ पारामातामा कक्षा-११ मा पढ्ने गरिमा थापा उच्च माध्यामिक विद्यालयका विद्यार्थीहरु बीच अस्ट्रेलिया ब्यापी आयोजना गरिएको नमूना अदालती बहस प्रतिस्पर्धामा बिशेष पुरस्कृत भएर सम्मानित भएकी हुन् ।

केही महिनाअघि यहाँको बोन्ड युनिभर्सिटीको कानून फ्याकल्टीले कुइन्ल्यान्ड राज्यको पर्यटकीय नगर गोल्ड कोस्टमा अस्ट्रेलिया भरिबाट छानिएका उच्च माध्यामिक विद्यालयस्तरका विद्यार्थीहरु बीच नमूना अदालती अभ्यास तथा बहसको शृंखला आयोजना गरेको थियो ।

यो अस्ट्रेलियाको सबैभन्दा पुरानो माध्यामिक विद्यालयस्तरको नमूना अदालती बहस प्रतिस्पर्धा  पनि हो । यो प्रतिस्पर्धाले अस्ट्रेलियाका सबै राज्यका विद्यालय र छानिएका विद्यार्थीलार्इ एक्कै थलोमा जुटाउछ र उनीहरुले वास्तबिक न्यायाधीशहरु, वकिलहरु र न्याय क्षेत्रका सदस्यहरुका अगाडि प्रतिस्पर्धा गर्दछन् ।

बोन्ड युनिभर्सिटीका अनुसार रास्ट्रिय माध्यामिक विद्यालयस्तरीय नमूना आदालती बहस प्रतिस्पर्धा कक्षा ११ र १२ बाट छानिएका विद्यार्थीहरुको न्यायिक बहसको प्रतिस्पर्धात्मक सीप विकास गर्ने कार्यक्रम हो, जहाँ दुर्इ हप्तासम्म झन्डै ८० विद्यालयका विद्यार्थी सामेल हुन्छन ।

तर, प्रतिस्पर्धा विशेषरुपमा निम्ता गरिएकाहरु बीच मात्रै हुन्छ । जहाँ नेपाली मुलकी विद्यार्थी गरिमा थापा निम्त्यायिएकी थिइन् । तर, प्रमुख विजेता भने द स्कट कलेज भएको थियो ।

गरिमा उक्त विद्यालयको विद्यार्थी प्रतिनिधि परिषदमा पनि नेतृत्व गर्छिन् । उनका अविभावकहरुका अनुसार गरिमा कक्षा ३ देखि नै नेतृत्वमा रुची राख्छिन ।

उनको संगीत र फुटबलमा पनि उत्तिकै रुची छ । अनलाइनखबरसँगको कुराकानीमा उनले भनिन्, ‘पहिले मेरो शिक्षक बन्ने रुची थियो तर अहिले कानून पढ्ने र कानुनी क्षेत्रमै करिअर बनाउने इच्छा छ ।’

उनी हालै उक्त उच्च माध्यामिक विद्यालयको प्रिफेक्ट (भाइस क्याप्टेन) पनि चुनिएकी छिन् । उनको भूमिका विद्यार्थीहरुलाई अनुशासित बनाउने तथा शिक्षक, विद्यालय ब्यबस्थापन र विद्यार्थीबीच पुलको काम गर्ने हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment