२९ भदौ, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले प्रहरी हिरासतमा मृत्यु भएका बाँकेका रामनमोहर यादव सीके राउतका कार्यकर्ता भएको बताएका छन् ।
यादवको हत्या भएको भन्दै राष्ट्रिय जनता पार्टीका सांसदहरुले शुक्रबार संसद अवरुद्ध गरेका थिए । त्यसको जवाफ दिँदै गृहमन्त्री बादलले यादव सीके राउत समूहका कार्यकर्ता भएको र राष्ट्रिय हित प्रतिकुल गतिविधि गरेकाले पक्राउ गरेर राज्यविरुद्धको कसुरमा मुद्दा चलाइएको जानकारी दिए ।
यादवको मृत्यु प्रहरी यातनाका कारण नभई रोगका कारण भएको पाइएको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4